सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन, गत र चालु आर्थिक वर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

कञ्चनपुर – नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटीले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेकपा माओवादी केन्द्र कृष्णपुरका सचिव जगदीश मल्लले नगरपालिकाले गरिरहेको कामकाज योजना जनमुखी नभएको, पारदर्शी नभएको जनअपेक्षा नभएको भन्दै गत आर्थिक वर्ष ०७९-०८० देखि चालु आर्थिक वर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग अघि सारेको बताए ।

सचिव मल्लका अनुसार ३३ बुँदे माग अघि सारेर कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए । माओवादी केन्द्र कृष्णपुरका नगर अध्यक्ष जोगराज चौधरीले नगर प्रमुख हेमराज ओझालाई ज्ञापन पत्र बुझाएका छन । सचिव मल्लले पाटीले जनजिविका सहित नगरका जनताको भविष्यसँग जोडिएका विषयमा स्थानीय सरकार गम्भिर नभए आन्दोलनको चेतावनी दिएका छन । सचिव मल्लले पाटीका तर्फबाट स्थानीय सरकारलाई विकास निर्माणमा घचघच्याउने देखि सुशासनका लागि दवाव सृजना गरेको बताए ।

माओवादी केन्द्र कृष्णपुरले सुशासन, विकास निर्माण, सेवा प्रवाह, कोटेसन, अलपत्र योजना पारेको विषयमा नगर प्रमुख ओझालाई बुझाएको ज्ञापन पत्रका यस्ता छन मागहरू : 

World Link Ads
Mahakali Polytechnic

१) सडक, पुल, पुलेसा, भवन, विजुली बत्ती जस्ता विकासे योजनाहरू छनौट उपभोक्ता समिति गठन भुक्तानी प्रक्रिया सम्बन्धमा ।

Dirghayu Ads

२) कृषि र पशु विकास शाखा बाट वितरण गरिएका अनुदान को बिल भर्पाई तथा लाभान्वित छनौट को अभिलेख सहित जानकारी सम्बन्धमा ।

३) स्वास्थ्य सामाग्री, औषधी तथा उपकरण खरिद प्रक्रिया को अभिलेख सम्बन्धमा ।

४) न.पा. का सवारी साधन तथा विभिन्न मेसिनरी खरिद प्रक्रिया का साथै बिल भवितथा भुक्तानी सम्बन्धमा ।

५) न.पा. का सवारी साधन तथा मेसिनह? ले प्रयोग गर्ने इन्धन डिजल÷पेट्रोल खरिद तथा वितरण प्रक्रिया को अभिलेख सम्बन्धमा ।

६) नगरपालिकाले बजेटको सुनिश्चतता नभई मनोमानी ढंगले पटक पटक  दोहर्याएर तयार गर्ने जिम्मा पक्रिया विपरित आफ्नो नजिकका व्यक्तिलाई दिएको सम्बन्धमा ।

७) आर्थिक सहयोग हवाई टिकट र इन्धन वितरण को अभिलेख सम्बन्धमा ।

८) जग्गा नापीको नापजाँच गर्ने प्रयाप्त स्रोत साधन र कर्मचारी हुदा हुदै नायेंजाचको ठेक्का दिईनुको कारण तथा नापककजाच बाँकी रहेका वडाहरू ५, ६ र ७ मा नापी नहुनुका कारण सम्बन्धमा ।

९ ) विभिन्न योजनाको दोहोरो भुक्तानी सम्बन्धमा ।

१०) मछेली खोलाको धार परिवर्तन गर्न ठेकदारलाई कोटेसन दिइएनुको कारण र प्रक्रिया सम्बन्धमा ।

११) विद्यालयलाई दिइएको प्लेस्टेसन को खरिद प्रक्रिया साथै विल भपाई को अभिलेख सम्बन्धमा ।

१२) पञ्जीकरण (जन्म, मृत्यु, बसाईसराई) मा राजश्व वृद्धि गर्नुको कारण सम्बन्धमा ।

१३) नियमविपरित कर्मचारी भर्ना सम्बन्धमा ।

१४) न.पा. का विभिन्न सामाग्रीहरू सार्वजनिक खरिद ऐन अनुरूप भए नभएको सम्बन्धमा ।

१५) हाल सम्म खरिद गरिएका विभिन्न सामाग्रीहरू को सम्पत्ति दाखिला तथा सार्वजनिक गरिनुका साथै दस्तावेजिकरण सम्बन्धमा ।

Sana Kishan

१६) कञ्चन बुहुमुखी क्याम्पस गुलरियाको जग्गा न.पा.ले आफ्नो लालपुर्जामा समावेश गरे नगरेको सम्बन्धमा ।

१७)  नगर शिक्षक छनौट, शिक्षक सरुवा र दरबन्दी मिलान प्रक्रिया सम्बन्धमा ।

१८) रोड शेष कर तथा रोयल्टी वृद्धी को कारण सम्बन्धमा ।

१९) नगरपालिकाको निमित्त प्रमुख प्रशासकियको जिम्मेवारी सम्बन्धमा ।

२०) विभिन्न क्षेत्रमा गरिएको कर वृद्धि र मनोमानी ढंगले गरिएको कर छुट सम्बन्धमा ।

२१) सरकारी प्राविधिक कर्मचारीलाई नगरपालिकाले फिर्ता पठाउने निर्णय गरिएको सम्बन्धमा ।

२२ ) छाडा पशुचौपाया को खर्च सार्वजनिक तथा छाडा पशुचौपायालाई व्यवस्थित गर्ने सम्बन्धमा ।

२३) नगरप्रमुखको सचिवालयमा आफू खुसी मनोमानी ढंगले प्रक्रिया विपरित कर्मचारी राखिएको र उनीहरूको सेवा सुविधा सम्बन्धमा ।

२४ ) हाल विवादीत रहेको स्वास्थ्य कर्मचारीको छनौट को प्रक्रिया सम्बन्धमा ।

२५) बिदा का दिन सरकारी सवारी साधन को दुरुपयोग सम्बन्धमा ।

२६) संघ, प्रदेश साथै विभिन्न संघ संस्था बाट नगरपालिका मार्फत कार्यान्वयन भएका योजना तथा कार्यक्रम सम्बन्धमा ।

२७) लामो अवधि देखि ठेक्का प्रक्रिया भएको नगर अस्पतालको निर्माण कार्य सूचना नभएको सम्बन्धमा ।

२८) कृष्णपुर स्वास्थ्य चौकी को माथिल्लो तलामा प्रक्रिया विपरित सेफ हाउस भवन निर्माण सम्बन्धमा

२९ ) नगरपालिका बाट विगत मा सूचनामा भएका नगरस्तरीय योजनाहरू अलपत्र रहेको सम्बन्धमा ।

३०) नगरपालिकाले तयार पारेका विभिन्न ऐन नियमावली र कार्यविधि लाई कार्यान्वयन नगरी थन्काएको सम्बन्धमा ।

३१) वडा नं. १ मा आर्थिक वर्ष २०७५-८० को बर्सातको समयमा प्रक्रिया विपरित नगरपालिकाको साधन स्रोत बाट गरिएको पानी पिच सम्बन्धमा ।

३२) नगरपालिका माथि विभिन्न निकाय मा परेका उजुरीहरू को सत्यतथ्य छानविन गर्नुपर्ने सम्बन्धमा ।

३३) अनियमित किसिमले आफ्ना आसेपासेलाई कोटेसन तथा ठेक्का वितरण गरिएको सम्बन्धमा । सचिव मल्लले नगर प्रमुख ओझाले पाटीले ज्ञापन पत्र बुझ्दै नगरका योजना बारे सूचना उपलब्ध गराउने आश्वासन दिएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.