कञ्चनपुर । वेदकोट नगरपालिकामा सञ्चालित नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। आईतबार वेदकोटका नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा तथा सुदुरपश्चिम प्रदेश सभा सांसद माननीय बिक्रम सिह धामीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो।


प्रतियोगितामा वेदकोटका १९ वटा विद्यालयको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा जिल्ला स्वमन्व्य समितीका प्रमुख दुर्गा दत्त बोहराको विशिष्ट आतिथ्य रहेको थियो भने वेदकोटका विभिन्न वडाका अध्यक्ष, बि.बि.स अध्यक्ष, कार्यपालिका सदस्य, विद्यार्थी र अभिभावक लगायतको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले प्रतियोगिता सभ्य र भव्य रूपले सम्पन्न भएको बताए। साथै नगर प्रमुख बोहरले रनिङ शिल्ड प्रतियोगिता बाट छनौट भएका खेलाडीहरूले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पनि राम्रो खेल खेल्ने विश्वास व्यक्त गरे। साथै उनले वेदकोट नगरपालिकामा खेलकुदका अवसरहरू सिर्जना गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्। 


यस्तो छ प्रतियोगिताको अन्तिम नतिजा ।।










Discussion about this post