कञ्चनपुर । वेदकोट नगरपालिकामा १४ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ। बिहीबार प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख देवराज जोशीले समृद्धिको एउटा आधारका रुपमा खेलकुदलाई लिइएको बताए ।

कार्यक्रमका सभापति एवम् वेदकोटका नगर प्रमुख भोजराज बोहराले वेदकोट बाट अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका खेलाडीहरूको उदाहरण दिँदै प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई लगनशील रहेर खेल खेल्न प्रोत्साहन गरे। साथै नगर प्रमुख बोहराले वेदकोट नगरपालिकामा खेलकुदका अवसरहरू सिर्जना गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

वेदकोट वडा नम्बर २ का अध्यक्ष नरेश बहादुर सिंहले सञ्चालन गरेको उक्त कार्यक्रममा वेदकोट उपप्रमुख तुलशी जोशीले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा संविधान सभा सदस्य कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, वेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्द लगायतका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।
प्रतियोगितामा वेदकोटका १९ वटा विद्यालयको सहभागिता रहेको छ। आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताबाट छनौट विद्यार्थीहरूले कृष्णपुर नगरपालिकामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग सहभागी हुने पाउने छन् ।










Discussion about this post