कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १६ औं एनप्याब्सन खेलकुद महोत्सवमा पहिलो दिन माध्यमिक र आधारभुत तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्। बुधबार पहिलो दिन माध्यमिक र आधारभुत तहमा लङ्गजम्प, सटपुट, १०० मिटर दौड र ४ सय मिटर दौड लगायतका खेलहरू सम्पन्न भएका खेलकुद संयोजक बलदेव भट्टले बताएका छन्।
जसबाट माध्यमिक तह ‘क’ अन्तर्गत छात्र सटपुटमा मर्निङ् ग्लोरी सेकेन्डरी स्कुलका प्रशान्त चन्द प्रथम, भुवनेश्वरी विद्या मन्दिरका सुरज सिंह बुढा द्वितीय र सार्क एजुकेशनका युसान पनेरू तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् भने छात्रा सटपुटमा भुवनेश्वरी विद्या मन्दिरकी पल्लवी नाथ प्रथम, एस पब्लिक सेकेण्ड्री स्कुलकी ऋतिका भट्ट द्वितीय र रोजी एक्सक्लुसिभ स्कुलकी शिखा चन्दले तृतिय स्थान प्राप्त गरेको छ।

माद्यमिक तह ‘ख’ अन्तर्गत छात्रा सटपुटमा भुवनेश्वरी विद्या मन्दिरकी अर्चना चन्द प्रथम, आदर्श विद्या निकेतन महेन्द्रनगरकी प्रिया डंगौरा द्वितीय र मर्निङ् ग्लोरी सेकेण्ड्री स्कुलकी संध्या रोकायाले तृतिय स्थान हात पारेको छ भने माद्यमिक तह ‘ख’ छात्र सटपुटमा मर्निङ् ग्लोरी सेकेण्ड्री स्कुलका खगेन्द्र महरा प्रथम, रेडियन्ट माविका हरिष साउँद द्वितीय र लिटिल बुद्ध एकेडेमीका नविन लुहार तृतिय स्थान प्राप्त गर्न सफल भएका छन्।

त्यसैगरी माद्यमिक तह ‘ख’ अन्तर्गत छात्र १०० मिटर दौडमा आदर्श विद्या निकेतनका आसिष महर प्रथम, लिटिल बुद्ध एकेडेमीका अनिस साउँद द्वितीय र अनिरुद्र सेकेण्ड्रीका राजेश सार्की तृतिय भएका छन् भने छात्रा अन्तर्गत आदर्श विद्या निकेतनकी भुमिका चन्द प्रथम, भुवनेश्वरी विद्या मन्दिरकी गरिमा भट्ट द्वितीय, रोजी एक्सक्लुसिव स्कुलकी लक्ष्मी भट्ट तृतिय स्थान प्राप्त गर्न सफल भएकी छन्।
माद्यमिक तह ‘ख’ अन्तर्गत छात्रा ४०० मिटर दौडमा आदर्श विद्या निकेतनकी रिता धामी प्रथम, रोजी एक्सक्लुसिव स्कुलकी करिश्मा चन्द द्वितीय र लिटिल बुद्ध एकेडेमीकी उर्मिला धामीले तृतिय स्थान हात पारेको छ भने छात्र ४०० मिटर दौडमा मर्निंङ ग्लोरी सेकेण्ड्री स्कुलका राजेन्द्र जोशी प्रथम, रोजी एक्सक्लुसिव स्कुलका ईश्वर रोकाया द्वितीय र लिटिल बुद्ध एकेडेमीका प्रितम राना तृतिय स्थान भएका छन्।
त्यसैगरी आजै भएको आधारभुत तह ‘क’ अन्तर्गत छात्र लङ्जम्पमा वाटिका ईन्टरनेसनल बोर्डिङ् स्कुलका अमित लुहार प्रथम, पब्लिसिटी डिजाइन स्कुलका आशिष गुरुङ द्वितीय र ग्वाल्लेक सेकेण्ड्री स्कुलका रोहित डंगौराले तृतिय स्थान हात पारेका छन् भने छात्रा लङ्जम्पमा अनुपम एजुकेसनल एकेडेमिकी शृष्टी बोहरा प्रथम, नवज्योति पब्लिक स्कुल बेलडाँडीकी मनिषा साउँद द्वितीयदितय र युनाइटेड पब्लिक सकेण्ड्री स्कुलकी दिपिका चौधरीले तृतिय स्थान हात पारेको छ।
आधारभुत तह ‘ख’ अन्तर्गत छात्र लङ्जम्पमा नवज्योति स्कुल बेलडाँडीका सुदुर्शन लुहार प्रथम, भेनस एकेडेमीका शंकर रैकाल द्वितीय र फ्लोरिडा ईन्टरनेशनल बोर्डिङ स्कुलका विशाल सुनार तृतिय भएका छन् भने छात्रा लङ्जम्पमा जन्जयोति सेकेण्ड्री स्कुलकी अस्मिता साउँद प्रथम, महाकाली मोडर्न पब्लिक स्कुलकी अंकिता बिष्ट द्वितीय, र ग्वाल्लेक सेकेण्ड्री स्कुलकी प्रतिक्षा भट्टले तृतीय स्थान प्राप्त गरेको छ।
पहिलो दिनको खेलमा मर्निङ ग्लोरी सेकेण्ड्री स्कुल र आदर्श विद्या निकेतन ३-३ स्वर्ण सहित अग्रस्थानमा रहेका छन् । भुवनेश्वरी विद्या मन्दिरले २ स्वर्ण प्राप्त गरेको छ भने अनुपम एजुकेसनल एकेडेमी बन्साहले १ स्वर्ण, वाटिका इन्टरनेसनले १ स्वर्ण, नवज्योति बेलडांडीले १ स्वर्ण र जनज्योति सकेन्ड्री १ स्वर्ण प्राप्त गरेको छ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कञ्चनपुरले आयोजना गरेको खेलकुद महोत्सवमा जिल्लाभरीबाट ५६ विद्यालयको सहभागीता रहेको छ। एनप्याब्सनमा कञ्चनपुरमा जिल्लाभर १ सय ३५ विद्यालय आवद्ध छन् । महोत्सवबाट छनौट विद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन् । महोत्सवमा १ सय २८ स्वर्ण, १ सय २८ रजत र १ सय ३६ कास्य पदक समापनमा विजेता विद्यालय र विद्यार्थीलाई वितरण गरिनेछ ।









Discussion about this post