सुनशान अनि भय लाग्दो त्यो ठाउँ
जहाँ मैले आफ्नै हातबाट
अग्नि दिनु पर्छ आफ्नै सपनालाइ
मेरो बाच्नुको अर्थलाइ भुलेर,
मैले बाच्नुपर्छ
म भित्रको आत्मा निकालेर
सपना बाच्नु भनेको म बाच्नु ठान्थे
तर सपना मरेर पनि ढुकढुकी चलेकै छ
मेरो श्मशान तयार हुनु भन्दा पहिले
सपनालाइ ससार दिन चाहान्थे
सपनालाई खरानी हुन नदिन आखाको तलाउ फुटाये
तर आगो अझै बलेकै छ।
आफुलाइ बचाउन उसले के के चाहिँ गरेन
संघर्शको पानामा शब्द भरेकै हो
आफ्नो प्राण रक्षाका निम्ति शरण परेकै हो
तर उस्को हिस्सामा हार मात्र पर्यो,
जिउदो छ्दाँ कोसिस पछिको हार
मरे पछि तस्बिरमा हार
वृक्ष रुपि यो मेरो जीवन
वसन्त बिहिन चैत रह्यो
पात बिहिन रुख रह्यो
प्रेम बिहिन मुटु रह्यो
अनि मेरो शरीर
जीवन बिहिन जिउदै रह्यो।
सपना जलेको धुवामा बर्बादिको गन्ध थियो
भित्र जीवन बिहिन ग्रह तर बाहिर
सुर्य कमलको सुगन्ध थियो।
पुर्ब जन्मको पाप बोकेर
आयेकी रैछु क्यारे
हातले लकिर मेटाइ दियो अनि भगवानले भाग्य
भगवानले खेल दियो
मलाइ खेलायो
कसैलाइ जितायो मलाइ हरायो
तर बिजेताको उपाधी आफुले लग्यो
आफ्नै हत्या गरेर बार बार जिबित रहने म अनि मेरो समयलाइ
समयलेनै बेस्सरी ठग्यो ।
– चाँदनी भट्ट









Discussion about this post