धेरैपछि तिमीलाई पत्र पठाउदै छु
जहाँ हाम्रा अतितहरू फुलेका छन्
र भविस्यहरू मरेका छन
सम्झनाहरू कता कता मलाई पनि घोच्दैछन् र तिमीलाई पनि
म अन्तिम पत्र पठाउदै छु आज तिमीलाई
जहाँ यादहरू बाँचेका छन् र हामी मरेका छौ
यो कोलाहलबाट अलि टाढा जाँदैछु
जहाँ म जस्ताहरूमा म मात्र छु
अन्य धेरै
खुशी गाडेको ठाउँमा श्रद्धाञ्जली दिन आज जाँदैछु
जहाँ पहिले तिमी र म भएर जान्थेउ
एक पलमा पूरा युगको जीवन जिउन
खुला बिचार धाराको काल्पनिक मान्छे म
खुलेर हाँस्न बिर्सेको धेरै भएछ
बादलले आकास ढाक्दा विद्रोह गर्ने मान्छे म
आकाशतिर नहेरेको धेरै भएछ।
देखूँ पनि कसरी
आफ्नो मनको आकाश कालो बादलले ढाकेछु
बिचारहरू केबल त्यो मैदान सँग साँटेछु।
स्वतन्त्रताका लागि विद्रोह गर्दा गर्दै
तिम्रो फन्दामा परेछु
तिमी सँगै उड्ने चाहना पालेछु
प्रेमलाई आकाश दिएको भए जीवित हुन्थ्यो होला
तर मोहको डोरमा आफूलाई बाँधेछू
पुरानो हुँदा सम्बन्ध टुट्नु नै थियो
टुट्यो।
खोला नालाका गित नचाउथे
कोकिलका बालकहरु हसाउथे
शरदका रातहरु मेरा मात्र थिए
बगैंचाका पुस्प सबैभन्दा पहिले मलाइ भेट्न चाहान्थे
बसन्तको पहिलो गुरास मेरो शिरमा सजिन्थ्यो र पो
जीवन आफ्नो लाग्थ्यो प्रेम साचो लाग्थ्यो
युगको उमेर सकिदाँ पनि
नभेटिने बाचा गरेर गाका हौ सायद
त्यसैले त मेरा यादहरूमा तिम्रो तस्बिर बस्नै मान्दैन
तिम्रा संवादहरूमा मेरो मुस्कान अड्नै मान्दैन
तिम्रा चिठिहरुमा मेरो बर्तमान अट्नै मान्दैन।
प्रिय
तिम्रो लागि आकाशमा दिप जलाउछु
साझ बिहान तिमिलाइ सम्झेर टोलाउछु
म तारा बनेर तिम्रो बस्ती माथी उदाउछु हर रात हेर्न आउनु अन्तिम पत्र हो तिम्रो लागि यो
यति भन्न चाहन्छु कि
मैले खुशी दफ्नाएको ठाउँमा मलाइ जलाउन आउनु
– चाँदनी भट्ट









Discussion about this post