आशा दिन दिनै मर्दै छ
समय फर्की नहेरी दगुर्दै छ।
जगतको सन्नाटोमा म आफैलाइ खोज्दै छु
बिहानिको बगैचामा म किरणहरु टिप्दै छु।
आकाशको मौनता
मलाइ गिज्याउदै छ, चुपचाप बसेर
सृष्टिको कोलाहल
आकाशलाई नै हल्लाउदै छ,आफ्नो बेदना पोखेर
हिमाल पारी फुलेको फुल
प्रिय छ, अति नै प्रिय छ
त्यो फुल भन्दा पनि प्रिय मेरो अस्तित्व छ
तर के मेरो अस्तित्व फुल झै मासिदै छैन
के मेरो आत्मसम्मान ओइलाउदै छैन
दुनियाको रङ्गहिन ससारलाइ धिक्कार्दै छ मेरो अस्तित्व
के मलाइ सुहाउदो कुनै अर्को ससार छैन
बिहानिलाइ तारा मागेको
सारा हैन एक साहारा मागेको
पुसको लागि एक चिम्टी हरियाली मागेको
मेरो लागि एक पल खुसियाली मागेको
तर पुसलाइ उजाड मिल्यो अनि
मलाइ चाहिँ बर्बादिको पहाड मिल्यो।
बिचित्र छ
आँखा छन दृस्टि छैन
चैत छ,वसन्त छैन
कुकर्मका पुत्लाहरुको यहाँ कहिले अन्त छैन
एक म छु जो भयेर पनि छैन
पहाड चिर्दैछु मैदान बनाउन तर
धड्कन रोकिहाल्छ, पहाड मैदान बन्ला जस्तो छैन
अतृप्त जीवन आज खोज्दै छ एकान्त
तर दुनिया न एक्लो बस्न दिन्छ
न साथ दिन्छ
कल्पनाका बगरहरु सिच्दा सिंच्दै
सपनाका बिउहरु रोप्दा रोप्दै
बिलाउछ जीवन
बिर्सिन्छ समय
सकिन्छ यात्रा
– चाँदनी भट्ट









Discussion about this post