कञ्चनपुर । पुष विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकामा समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) प्रभावकारी भएको सरोकारवालाले बताएका छन । निड्स नेपालले मर्सिकोरसंगको साझेदारीमा दुई वर्ष अघि दोधाराचाँदनीका ३ वडाहरूमा समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) कार्यक्रम लागु गरेको थियो ।

विपद्को सबैभन्दा उच्च जोखिममा रहेका समुदायमा निड्सले एफआरएमसी परियोजना मार्फत भौतिक संरचना निर्माणदेखि बाढीबाट बाँच्नका लागि सीपयुक्त कार्यक्रम सञ्चालन गरेको थियो । बिहीबार एक कार्यक्रमका बिच दोधाराचाँदनी नगरपालिकामा उक्त परियोजनाको समापन एव कार्यक्रम सर्वेक्षण नतिजा आदान प्रदान कार्यक्रममा सहभागि सरोकारवालाहरूले उक्त कार्यक्रम प्रभावकारी भएको बताएका छन ।

कार्यक्रमको सञ्चालक समेत रहेका समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) कार्यक्रमका फिल्ड सुपरभाइजर सुनिल सेट्टीले दोधाराचाँदनी नगरपालिका ३ पट्टराखल्ला, ७ कञ्चनभोज र १० कुतियाकबरमा कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार विपदको उच्च गाउँबस्ती समुदाय छनौट गरेर विपदको पुर्व तयारीदेखि रोकथामका साथै जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको बताए । निड्स नेपालका सह कार्यक्रम अधिकृत बिनोद कडाराले संस्थाबाट विपदको उच्च जोखिममा रहेका समुदायको उत्थानशिलता नतिजा पाइएको बताए । सह निर्देशक कडाराले भावी दिनमा समेत कार्यक्रम सञ्चालन गरिने बताए ।

बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) का कार्यक्रम संयोजक नवीन भण्डारीले २ वर्षअघि सञ्चालन गरिएको कार्यक्रमबाट जोखिममा रहेको समुदायमा थुप्रै परिवर्तन आएको बताए । उनका अनुसार कुतियाकबर, कञ्चनभोज र पटराखल्लाका स्थानीयलाई विपदबारे तालिमदेखि तयारीका विविध विषयमा अभिमुखीकरण गराइएको बताए । कार्यक्रमबाट पटराखल्लाका ३४, कञ्चनभोजका ५९, कुतियाकबरका ४२ घरधुरी लाभान्वित भएको उनले बताए । जोखिममा रहेका समुदायलाई तालिम, अभिमुखीकरण, नमुना अभ्यास, खोज तथा उद्धार सामाग्री हस्तान्तरण, सुरक्षित घर निर्माण, आर्थिक जिविकोपार्जनका लागि कार्यक्रम सञ्चालन, समुदायलाई सिधै अनुदान दिइएको छ ।

विभिन्न ५ पुजिँगत विषयमा ४४ स्रोतमा अध्ययन गर्दा समुदाय विपद बारे थुप्रै जानकार भएको अध्ययनले देखाएको बताए । उनले सरोकारवालाहरूको साथ सर्मथन सहभागिताबाट कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताए । तीनै समुदायका स्थानीयले समेत उक्त कार्यक्रमबाट विपद व्यवस्थापनदेखि विपदबाट बाँच्ने उपाय जानकारी पाएको बताएका छन । उनीहरूमै कार्यक्रम सञ्चालन भएपनि विभिन्न व्यवसायिक वैकल्पिक पेशामा समेत गरिरहेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले निड्सबाट सञ्चालित गरिएका उक्त कार्यक्रम प्रभावकारी रहेको बताए ।

बाढीको उच्च जोखिममा रहेका बस्तीका स्थानहरूलाई अभिमुखीकरण देखि सुरक्षित आवास कार्यक्रमले जोखिमबाट मुक्त रहेको बताए । मेयर लिम्बुले कार्यक्रमको म्याद सकिएपनि पालिकाले स्वामित्व ग्रहण गर्ने बताए । निड्स नेपाल कञ्चनपुरका पुर्व अध्यक्ष विमला शाहले निड्सले दोधाराचाँदनीमा विगतदेखि विपद व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताए । भावी दिनमा समेत समुदायको आवश्यकता अनुरूप सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम संकलन गर्ने बताइन । कार्यक्रममा सरोकारवाला सहित समुदायको सहभागिता रहेको थियो ।









Discussion about this post