सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको संविधान चोक आसपास क्षेत्रमा १ हप्ता निषेधाज्ञा जारी

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले संविधान चोकमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले एक सुचना निकाल्दै ७ दिन सम्म उक्त क्षेत्रमा ५ जना भन्दा भिड गर्न नपाईने भन्दै निषेधाज्ञा जारी गरेको हो । राप्रपा कञ्चनपुरले उक्त संविधान चोकमा महेन्द्रको शालिक राख्ने भन्दै विहिवार कार्यक्रम पनि गरेको छ ।

सोही शालिक राख्ने कार्यक्रमलाई लक्षित गर्दै ७ दिन सम्म संविधान चोक र सो चोकको पूर्वदशरथ चन्दको शालिक सम्मको मुख्य सडक खण्ड र पश्चिममा रहेको मदन भण्डारीको शालिक सम्मको मुख्य सडक क्षेत्रमा निषेधाज्ञा गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्धारा हस्ताक्षरित सुचनामा संबिधान चोकको आसपास क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा बिभिन्न राजनितिक दलहरु बिच मत भिन्नता भै आएको सन्दर्भमा सार्वजनिक शान्ती सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवा लाई निर्वाध सञ्चालनका गर्नका निमित्त जिल्ला सुरक्षा समिती कञ्चनपुरको सिफारिस समेतका आधारमा निषेधाज्ञा गरिएको जनाएको छ ।

साथै स्थानिय प्रशासन ऐन् २०२८ को दफा ६ (३क) बमोजिम ७ दिन सम्मका लागी ५ जना भन्दा बढी मानिसहरु जम्मा भई जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोध कार्यक्रम गर्न निषेध गरेको सुचना मार्फत जानकारी दिईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संविधान चोकमा राजा महेन्द्रको शालिक राख्ने भएपछि महेन्द्रनगर बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

संविधान चोक सहित मदनचोक, दशरथ चोक, होटेल ओपेरा, सब्जीमण्डी र बजारका सबै गल्लीमा जनपद र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । यस अघि केही दिन अघि राप्रपाका कार्यकर्ताले भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोड गरेका थिए । प्रहरीले विहानैदेखि बजारमा उच्च सुरक्षा व्यवस्था अपनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक थापाले बुधबार उच्च सुरक्षा व्यवस्था अपनाइने बताएका थिए ।

Mahakali Polytechnic

No description available.

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.