कञ्चनपुर । कञ्चनपुरको एक विद्यालयले अनाथ बालबालिकाहरूलाई खाना खुवाएको छ। जिल्लाको भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको नवप्रतिभा पब्लिक सेकेन्डरी स्कुलले शुक्रबार महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयका २२ जना अनाथ बालबालिकाहरूलाई खाना खुवाएको हो।
विद्यालयका प्रधानाध्यापक बिर बहादुर चन्दका अनुसार विद्यार्थीहरूले देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट अनाथ बालबालिकाहरूलाई खाना खुवाइएको हो। प्रधानाध्यापक चन्दले सबैले फजुल खर्च गर्नु भन्दा अनाथालयमा आएर सहयोग गर्न आग्रह गरेका छन्, सानो सहयोग होला तर कोही आफन्त नभएका यी सानाबाबुहरुलाई पनि आफन्त भएको महसुस गराई दिन र अनाथालयमा आएर सहयोग गरिदिन उनले आग्रह गरेका छन्।









Discussion about this post