सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युवा सर्जक कलौनीले आफ्नो छोराको जन्मदिन अनाथालयमा मनाए

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका ९ लालपुरका स्थानिय एवम कला स्ंस्कृती प्रेमी युवा सर्जक प्रकाश कलौनीले आफ्नो छोराको जन्मदिन अनाथ बालबालिकासंग बनाएका छन् । आफनो जेष्ठ सुपुत्र योगेश कलौनीको ५ वर्ष पुरा गरी छैँठौ वर्षमा प्रवेश गरेको अवसरमा उनले कञ्चनपुरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका १२ जना बालकहरुलाई खिर, स्टेशनरी, फलफुल लगायत सहयोग गरेको कलौनीले बताए ।

पछिल्लो समय युवाहरु आफनो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेष रहेको अवस्थामा आफुले होटलमा गएर फजुल खर्च गर्न नचाहेर अनाथालयमा रहेका बालकहरुलाई सहयोग गरेको उनले बताए ।

हरेक युवाहरुले होटलमा गएर आफनो जन्मदिन मनाउनु खर्च गर्नु भन्दा आनाथालयमा आएर सहयोग गर्न उनले आग्रह गरे, सानो सहयोग होला तर कोही आफन्त नभएका यी सानाबाबुहरुलाई पनि आफन्त भएको महसुस गराई दिन र आएर सहयोग गरिदिन आग्रह गरे ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.