म नजिकै बगिरहेछ
वर्षौँ देखि एउटा ठूलो दुःखको खोला
जसले चलाइरहेछ मेरो जिन्दगीको घट्ट।
जहाँ,
म पिसिरहन्छु
अभावका दानाहरू
कुटिरहन्छु भोगका बियाँहरू
उसै खोलाबाट निस्किएको हो
मलाई प्रयाप्त हुने अँध्यारो बत्ती
जसलाई देखेर मुस्कुराइरहन्छ
छेउमै बसेको उज्यालो बस्ती
कुनैदिन दुःखको खोला सुकिगयो भने ?
कहिल्यै नदेखेको सुखको वर्षा मेरो आँगनमा बर्स्यो भने रु
मलाई डर लागिरहन्छ।
कतै उसले
सुकाइलानेरबगाइलाने त होइन
सरकारले सरोकार राख्ने
उज्यालो बस्तीमा मस्ती गर्ने
हँसिला हस्तिका मुस्कानहरू रु
किनकि मलाई हाँस्न आउँदैन १
● प्रचण्ड भाष्कर