Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गयाे

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १४, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

देशमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते भएका छन् भने २० जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा देशका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका छन् ।

विपद्का घटनामध्ये बाढीमा परि १२ जनाको ज्यान गयाे, सात जना घाइते भए भने २१ बेपत्ता भए । यस्तै, पहिरोमा परि ३८ जनाले ज्यान गुमाए, ४० जना घाइते र नौ जना बेपत्ता भएका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको ज्यान गयाे, ४३ जना घाइते भए ।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ ।

मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड रुपैयाँ बराबरकाे भौतिक पूर्वाधारमा क्षति पुगेकाे तथ्याङ्क छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्ब रुपैयाँभन्दा बढीकाे भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा चार मोटरेबल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब ४१ करोड रुपैयाँको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ वटा खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड रुपैयाँ बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ ।

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । यस अवधिमा चट्याङ लागेर ११ ठाउँ, पहिरोबाट सात, पुलमा पुगेकाे क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ ठाउँमा गरी देशका ३१ ठाउँमा सडक अवरुद्ध भएका थिए । अहिले देशका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेका प्राधिकरणले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै
वातावरण

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व