Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा ‘जनतासंग माओवादी अभियान’ सञ्चालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डम्मर भट्ट/कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने भएको छ । पाटी केन्द्र प्रदेशको निर्णय अनुरुप भदौँदोस्रो सातादेखि कञ्चनपुरमा माओवादीले अभियान संचालन गर्न लागेको हो ।

माओवादी केन्द्रले कञ्चनपुरका ९वटै पालिकामा रहेका ९२वटै वडाहरुमा एक साथ तीन महिने अभियान संचालन गर्ने तयारी गरेको छ । शुक्रबार माओवादी केन्द्र जिल्ला समन्वय समितिको कृष्णपुरमा सम्पन्न भएको बैठकले पाटी केन्द्र, प्रदेशको योजना निर्देशन अनुरुप जिल्लामा समेत अभियान संचालन गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटी केन्द्र र प्रदेशका निर्णय योजना अनुरुप जिल्लामा समेत अभियान संचालन गर्नका लागि निर्णय गरिएको बताए । जिल्ला बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज डिलाराम आचार्य, तत्कालिन इन्चार्ज खगराज भट्ट सहितका केन्द्रीय स्तरका नेताहरुले जिल्लाका कार्यकर्ताहरुलाई जनतालाई केन्द्रबिन्दुमा राखेर प्रभावकारी रुपमा अभियानमा खटिन आब्हान गरेका छन ।

संयोजक पाण्डेयले १६ भदौँदेखि शुरुवात हुने अभियानको पुर्व सन्ध्यामा जिल्ला बैठक, त्यससपछि १२ भदौँमा पालिका र १४ वडा बैठक गरेर तयारी गर्दै देशभर एकसाथ शुरु हुने अभियान कञ्चनपुरमा समेत गर्ने बताए । संयोजक पाण्डेयका अनुसार जिल्ला भूगोलमा रहेका ४२ जना प्रदेश कम्युनिष्ट मञ्चका सदस्य, सल्लाहकार, ६८ प्रदेश कमिटि सदस्य र ५६ जिल्ला कमिटि सदस्यहरुलाई अन्तर वडाको जिम्मेबारी दिईएको छ । ‘यसपटक केन्द्र, प्रदेश र जिल्ला कमिटी सदस्यहरुलाई अन्तर वडा, पालिका, जिल्लाको जिम्मेबारी दिईएको छ, ‘संयोजक पाण्डेले भने, ‘यसबाट पाटीको यथार्थ विषयबस्तु बारे जानकारी हुन्छ ।’ तीन महिने अभियान संचालनका लागि प्रदेश र जिल्लाका १६८ नेताहरुलाई वडाको कमाण्डर बनाएर जिम्मेबारी दिईएको छ । यस अघि केन्द्रीय सदस्यलाई पालिका कमाण्डरका जिम्मेबारी दिईएको थियो । ‘पाटीले केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरुलाई तल्लो तल्लो तहमा खटाएर जनतासंग प्रत्यक्ष छलफल सम्बाद गरेर जनताका वास्तविक समस्या एव अपेक्षा बुझ्न लागेको छ, ‘उनले भने, ‘एक पटकको अभियान पृथक रहेको छ ।’ यस अघि सुदूरपश्चिम कमिटीले प्रदेशका ९ जिल्लाका ८८ वटै पालिकामा एकसाथ अभियान संचालन गर्ने निर्णय गरेको थियो । ‘०६४ पहिलो संविधान सभा यता हाम्रो पाटी र पाटीका सद्वेय अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वमा तेस्रो पटक सरकारको नेतृत्व छ, ‘संयोजक पाण्डेयले भने, ‘माओवादीप्रति जनताले ठुलो आसअपेक्षा र भरोसा राखेका छन, वास्तविक जनताका आधारभूत आवश्यकता एव चाहना अनुरुप पाटी अघि बढाउन अभियान सार्थक हुन्छ ।’

कञ्चनपुरमा केन्द्रीय सदस्य बिनिता चौधरी, गंगा चौधरी, दिपा चौधरी, झपट साउद, राजेन्द्र साउद, सरु चौधरी, नेप बहादुर चौधरी, कृष्ण कुमार चौधरी, बिरभान चौधरी, गोबिन्द तिम्लिसिना, शंकर खडका, हरि श्रीपायली पालिका स्तरमा खटिने छन । फिल्डमा गएर नेता कार्यकर्तासंगै जनतासंग समेत छलफल गर्दै मुलुक सम्बृद्धि बनाउनका लागि सुझाव संकलन गरेर अघि बढ्ने आगामी दिनमा सोही अनुरुप योजना संचालन गर्ने नेताहरुले बताएका छन । यस पटक माओवादी केन्द्रले सुप प्रदेश सहित कञ्चनपुरका गाँउबस्तीमा आगामी मंसिरसम्मै अभियान संचालन गर्ने जनाएको छ । अहिलेको अभियानमा माओवादी नेता कार्यकर्ता समेत उत्साहित भएका छन । केन्द्रमा सरकारको नेतृत्व गरिरहेका पाटी अध्यक्ष प्रचण्डले सुशासन र सम्बृद्धिका पक्षमा लोकप्रिय काम गर्न थालेपछि देशैभरीका व्यापक रुपमा जनर्समथन जुटिरहेका बेला माओवादी नेता कार्यकर्ता जनतासंग फिल्डमा जान उत्साहित भएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व