सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न

प्रकाश भट्ट, कञ्चनपुर – वेदकोट नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका पुर्व पाटी सभापति एवम जन निर्वाचित प्रथम प्रधानमन्त्री बि.पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेदकोट नगर कार्यसमितिको आयोजनामा वेदकोट नगरपालिका ०६ चुनेपानी स्थित सिद्धसरोवर धार्मिक सामुदायिक वनमा वृक्षारोपण गरिएको हो।

कार्यक्रममा वेदकोट नगरपालिका कांग्रेसका कार्यवाहक सभापति भोजराज भट्टको सभापतित्व तथा नेपाली कांग्रेस नेता संविधान सभापति सदस्य एवम प्रदेश सभापति सदस्य बहादुर सिह थापाको प्रमुख आतिथ्य रहेको थियो।

Mahakali Polytechnic

World Link Ads

उक्त वृक्षारोपण कार्यक्रममा कांग्रेसका जिल्ला पाटी सभापति तथा भिनपा नगर प्रमुख पदम बोगटी, प्रदेश सभा सदस्य बेल बहादुर राना, प्रदेश सभा सदस्य मधु भारती, कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा बोहरा, वेदकोटका नगर प्रमुख भोजराज बोहरा तथा नगर उपप्रमुख तुलसी जोशी लगायतको विशिष्ट आतिथ्य रहेको थियो। नेपाली कांग्रेस वेदकोटका नगर सचिव अमृत कुमार बोहराले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा नगर सचिव पवन नेपालीले स्वागत मन्तव्य राखेका थिए।

Sana Kishan

त्यसै वृक्षारोपण कार्यक्रमबाट सिद्धसरोवर धार्मिक सामुदायिक वन चुनेपानीमा २५० विरुवा रक्तचन्दनका रोपिएको नगर सचिव पवन नेपालीले बताउनुभयो। कार्यक्रममा कांग्रेसका क्रियाशील सदस्य तथा जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds