कावासोती साइफर भोल्युम ३ ले अहिले चर्चा बटुलिरहेको छ।साइफरले सार्वजिक भएको १० दिनमै दर्शक तथा श्रोताको प्रसस्त माया पाइरहेको युनिकन रेकर्डसका सिइओ सिद्धान्त राना मगरले बताएका छन्।
अहिले उक्त गीतको भिडियोलाई ४१ हजार दर्शकले हेरिसकेका छन्।
युनिकन रेकर्डसको प्रस्तुति रहेको उक्त र्याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे-४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल-ला, यौंग-सौगात, प्रोमीज, मौजी, ड्रेकोल्ड, एन पिस लगायतको र्याप रहेको थियो।
सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त र्याप साइफरको छायांकन गणेश परियारले गरेका थिए।
आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए।
उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिएको गरिएको थियो।
गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्स लगायतको समेत सहयोग रहेको थियो।
भिडियो :
https://youtu.be/QPYPSln2eV









Discussion about this post