सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगरपालिकाको बजेट ९२ करोड

हरिश्चन्द्र बाग, कञ्चनपुर, १० असार । कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड २० लाख ५० हजार बजेट सार्वजनिक गरेको छ । “समृद्ध वेदकोट नगरको आधार; कृषि, उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ आइतबार आयोजित तेह्रौँ नगर सभामा नगर उपप्रमुख तुलसी जोशीले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो ।

नगर प्रमुख भोजराज बोहराको सभाध्यक्षतामा सञ्चालन गरिएको सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण सहित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्धन र छाडा पशु चौपाया व्यवस्थापनलाई बढी प्राथमिकतामा राखिएको जनाएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट पारित समेत गरिएको नगरपालिकाले जनाएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.