सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना, सतर्क रहन अपिल

आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना, सतर्क रहन अपिल
उपहार खबर

काठमाडौँ– आउदो आइतवारसम्म नै देशभर बर्षाको सम्भावना रहेको छ । केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छन् । पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेकोले दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Mahakali Polytechnic

यस्तै भोलि दिउँसो बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँ र राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

World Link Ads

यस्तै पर्सि आइतवार दिउँसो मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।मनसुनी गतिविधि सक्रिय भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

Sana Kishan

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०३/०८ देखि २०८०/०३/१०) जारी समय विहान ०६:०० बजे

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०८० आषाढ ८ गते विहान ०६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

२०८० आषाढ ०८ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०९ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १० गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने देखिन्छ।

 

उपहार खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.