सयौं वर्ष पहिलेको
मेरो इतिहासले
कुरिरहेको आज
यस्तै छ यहाँ!
न समृद्धि बोकेर आए
न सम्मान बोकेर आए
गाउँ,सहर , बस्ती
उज्यालो पार्ने सपना देखाउँदै
आएका ती …..
आफ्नै मोहमा
कुर्सी र पदको लोभमा
बनेर मनको सिहासनको मालिक
आलिसान महल, चिल्ला कार
अनि सुकिला लुगामा
गिद्धले सिनो ढूकेझै
आकासको बिछ्यौना लगाइ
दिउँसै तारा गनिरहेका छन् ।
यस्तै छ यहाँ!
मूल्यबृद्धिले गगन चुमेको
भ्रष्ट्रचार , व्यभिचार, अत्याचार
अनि काला व्यापार मौलाएको
छैन यहाँ के !
जलसम्पदा देखि वनसम्पदा
अनि खनिज यहीं
यथेष्ट सम्भावनाका भिरपाखा यहीं
कलकल बग्दै रहस्यमय
संगीतको विशाल मूल फुट्ने
नदीनाला यहीं
अचुक जडिबुटीदेखि
बहुमुल्य रत्नहरुको खानी यहीं
विडम्बना!
न त सम्भावनाका भिर पर्खाल चढियो
न कुनै खानीहरुको उत्खनन् गरियो
‘नेपालको पानी सुनको खानी ‘
उखानमा मात्र सिमित गरियो
बेचिए नदीनाला
नासिए वनपाखा
अवैध चोरी सिकारी
कस्तूरी मृग अनि चन्दन !
दुई पाउमा उभिएर
गगन चुम्ने लक्ष्य बोकेका
असंख्य युवाशक्तिहरु
पलायन गराइयो
नमेटिएको तिर्खा
नभरिएको आत
उल्झन जिन्दगी
जिम्मेवारीको भारीले थिचेको काँध
ती भविष्य अनि आशाका ज्योतिहरु
तिनका सबै पर्खालहरू
गर्ल्यामगुर्लुम ढालियो !
क्रमशः….









Discussion about this post