अहिले कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । पनी पर्न सुरु भए पनि मनसुनी गतिविधि सुरु नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुनी गतिविधिकै कारण यी क्षेत्रको मौसम बदली भई पानी पर्न थालेको हो ।

गए राति (आइतवार) पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो ।

पानी पार्ने प्रणाली पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा सरिरहेको छ । मनसुनी गतिविधिमा पूर्वबाट पश्चिमतर्फ प्रणाली सर्छ । त्यसैले यसलाई मनसुनी गतिविधि भन्न नमिल्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनी गतिविधि एक÷दुई दिनमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।
समान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ । तर एक÷दुई दिन भने तलमाथि हुन सक्ने मौसमविद्ले बताएका छन् । आज जुन १२ तारिख हो । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको छ । यसले केही शीतल बनाएको छ । तर यो प्रणालीको असर मध्य र पश्चिम तराईमा भने नपरेकाले त्यहाँ आज पनि तातो हावा, ’लू’ चल्ने अनुमान छ । उज्यालो अनलाइन बाट सभार










Discussion about this post