Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कति वार्षिक आम्दानी भएकाले कति आयकर तिर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सरकारले आउँदो आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत् सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाख रुपैयाँ रुपैयाँभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ।

आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रवार थप स्पष्ट पार्दै आउँदो आर्थिक वर्षमा तिर्नुपर्ने आयकरसम्बन्धी विवरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले २० लाख रुपैयाँभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरेको छ । २० लाख रुपैयाँभन्दा माथि ५० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ । त्यस्तै ५० लाख रुपैयाँभन्दा माथिको जुनसुकै करयोग्य आयमा ३९ प्रतिशत कर लाग्नेछ । वार्षिक २० लाख रुपैयाँभन्दा कम करयोग्य आय भएका व्यक्तिका लागि भने करका दर यथावत् राखिएका छन् ।

अहिले एकल व्यक्तिले पाँच लाख रुपैयाँसम्म र दम्पतीको हकमा छ लाख रुपैयाँसम्मको करयोग्य आयमा एक प्रतिशत आयकर तिर्नुपर्छ । तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरणबापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा भने एक प्रतिशत कर आयकर नलाग्ने व्यवस्था रहेको छ ।

एकल व्यक्तिले पाँचदेखि सात लाख रुपैयाँसम्म र दम्पत्तिको हकमा छ लाख रुपैयाँदेखि आठ लाख रुपैयाँसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा सात लाख रुपैयाँभन्दा बढी र १० लाख रुपैयाँसम्म तथा दम्पतीको हकमा आठ लाख रुपैयाँदेखि ११ लाख रुपैयाँसम्मको आयमा २० प्रतिशत आयकर तिर्नुपर्छ । एकल व्यक्तिको हकमा दश लाख रुपैयाँ देखि २० लाख रुपैयाँ र दम्पतीको हकमा ११ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको आयमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था रहेको छ ।

वार्षिक करयोग्य आय गणना गर्दा विभिन्न शीर्षकको रकम गणना गर्नु नपाउने अर्थात् छुटको व्यवस्था पनि आर्थिक विधेयकमा राखिएको छ । प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम पनिको सीमा सरकारले तोकिदिएको छ ।

कुनै व्यक्तिले अवकाश कोषमा योगदान गर्दा वार्षिक तीन लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ त्यो रकममा आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्था रहेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्दा भने पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाइमा जुन कम हुन्छ, त्यो रकमसम्मको आफ्नो करयोग्य आयबाटबाट घटाउन सक्ने व्यवस्था छ ।

दुर्गमभत्ता सुविधा पनि करयोग्य आयबाट घटाउन मिल्छ । त्यस्तै नेपालका विदेशमा रहेको कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन सकिने राजस्व विभागले जनाएको छ ।

निवृत्तिभरणबाट भएको आयमा व्यक्तिले पाउने छुट सीमामा २५ प्रतिशत घटाउन पाइनेछ । त्यस्तै, अपाङ्ग व्यक्तिले आफ्नो करयोग्य आयमा थप ५० प्रतिशत रकम घटाउन पाउनेछन् । बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ४० हजार रुपैयाँमा जुन घटी हुन्छ त्यो रकम करयोग्य आयबाट घटाउन पाइन्छ । स्वास्थ्य बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजारमा जुन घटी हुन्छ त्यो रकम करयोग्य आयबाट घटाउन पाइन्छ ।

व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमाबापत तिरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँसम्मको रकममा जुट घटी हुन्छ त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन पाइन्छ । औषधि उपचार खर्चबापत बिलबमोजिमको वास्तविक खर्च रकमको १५ प्रतिशत वा सात सय ५० रुपैयाँमा जुन घटी हुन्छ, यो रकम पनि कर मिलान गर्न सकिने व्यवस्था रहेको छ । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३
कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व