Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

थाइराइडका बिरामीले के खाने, के नखाने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

शरीरलाई राम्रोसँग काम गर्न विभिन्न हार्मोन जरुरी हुन्छ । थाइराइड पनि शरीरमा हुने एक प्रकारको हार्मोन हो । यसले शरीरमा मेटाबोलिजम बढाउन र कोषिकाहरूलाई नियन्त्रण गर्ने काम गर्छ ।

थाइराइड रोग होइन, घाँटीमा हुने ग्रन्थि हो । यसले टी ३ र टी ४ नामक हार्मोन बनाउँछ । यसले शरीरलाई चाहिने तत्त्व विभिन्न अंग र कोषिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो ।

थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिजम र हार्मोन कम हुनुलाई हाइपो थाइराडिजम भनिन्छ । थाइराइडको बिरामीहरूले यसको नियन्त्रणका लागि औषधिको सेवन गर्नु त अनिवार्य भइहाल्यो । साथै थाइराइड नियन्त्रणका लागि स्वस्थ खानपान र जीवनशैली पनि त्यत्तिकै महत्त्वपूर्ण हुने पोषणविद् प्रतिमा सेन केसी बताउँछिन् ।

‘थाइराइडको समस्या भएका धेरै व्यक्तिहरू कस्तो डाइट फलो गर्ने, काउली, बन्दालगायत तरकारी खाने कि नखाने भन्ने कुरामा धेरै अलमलिने गर्छन्,’ उनी भन्छिन्, ‘थाइराइडका बिरामीलाई विशेषगरी खानेकुरामा भ्रम छ । थाइराइडका बिरामीले यो खानु हुँदैन, त्यो खानु हुँदैन भन्ने भ्रम छ ।’

खानपानबारे भ्रम र सत्य

थाइराइडको समस्या भएका व्यक्तिले ‘क्रुसिफेरस’ तरकारी जस्तै, बन्दा, काउली, ब्रोकाउली र गान्टेमुला खानै हुँदैन भन्ने छ । यस्ता तरकारीमा हुने ‘गाइट्रोजन’ पदार्थले थाइराइड हार्मोनलाई गडबडी गर्छ । तर यस्ता तरकारीलाई पकाएपछि ‘गाइट्रोजन पदार्थ’को प्रभाव कम हुन्छ ।

‘त्यसैले काउली बन्दा छुनै नहुने होइन, पकाएर सीमित मात्रामा खान मिल्छ,’ डा. केसी भन्छिन्, ‘गुल्टेन फ्री खानेकुरा मैदा, गहुँ, जौलगायत खानेकुरा खाएन भने थाइराइड प्राकृतिक रूपमा नियन्त्रण हुने कुरा समाजमा निकै व्याप्त छ । तर यो विवादित कुरा मात्र हो यसको केही निष्कर्ष छैन । यस्ता गुल्टेन भएका खानेकुरा खान छोडेर मात्र थाइराइडको समस्या नियन्त्रण हुँदैन ।’ औषधि र सन्तुलित आहारको सेवनले मात्र थाइराइड नियन्त्रण हुने उनी बताउँछिन् ।

थाइराइडको समस्या हुनेहरुले चिकित्सक र पोषणविद्सँग के खाने, के नखाने भनेर सोधिरहेका हुन्छन् । थाइराइडका बिरामीले विशेष प्रकारको डाइट प्लान गर्नुपर्छ भन्ने हुँदैन । ‘सबै व्यक्तिलाई एकै प्रकारको डाइट प्लानले काम गर्छ भन्ने पनि हुँदैन । स्वस्थ र सन्तुलित खानाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र यो नै सबै स्वास्थ्य समस्याका लागि उपयुक्त हुन्छ,’ डा. केसी भन्छिन् ।

भटमास, बदाम खान हुँदैन भन्ने पनि धेरैलाई लाग्छ । ‘सोयाबिनबाट बनेका खानेकुराले थाइराइड केही गडबड भए पनि खानै नहुने भन्ने कुनै अध्ययनले पुष्टि गरेको छैन । तर प्रशोधित भन्दा पनि प्राकृतिक रूपमा भटमास भुटेर तोफु बनाएर कम मात्रामा खाएमा यसले पनि खासै असर गर्दैन,’ डा. केसी भन्छिन् ।

के खाने त ?

थाइराइड हार्मोनलाई स्वस्थ राख्न आयोडिन चाहिन्छ । त्यसको परिपूर्ति त दैनिक खाइने नुनबाट भइरहेको हुन्छ । साथै थाइराइड हार्मोनका लागि ‘सिलेनम’ पनि महत्त्वपूर्ण रहेको डा. केसी बताउँछिन् । सिलेनम च्याउ, प्याज, लसुन, अण्डा, ओखर, सूर्यमुखीको बीउ आदिबाट पाउन सकिन्छ ।

थाइराइडलाई नियन्त्रणमा राख्न ‘जिङ्क’, ‘भिटामिन डी’, ‘भिटामिन बी १२’ लगायत विभिन्न प्रकारका भिटामिन मिनरल्स पाइने खानेकुरा अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अण्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, ग्रिन टीलगायत खानेकुरा खान सकिन्छ ।

‘यस्ता खानेकुराले शरीरमा मेटाबोलिजमको मात्रालाई नियमित गर्न सहयोग पु¥याउँछ,’ डा. केसी भन्छिन्, ‘प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा थाइराइड नियन्त्रण गर्न पनि सहयोग गर्छ ।’ अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व