बैतडी–बैतडीमा भीरबाट लडेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ बर्षीय हर्कसिंह थलालको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
गएको चैत १७ गते घर जाने क्रममा थलालगाउँको भीरबाट लडेका थलाल गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बुधबार राति थलालको निधन भएको बताइएको छ ।३२ बर्षीय युवकको मृत्यु भएपछि अहिले थलाल गाउँ शोकमा डुबेको छ । मृतक थलालका तीन बर्षीय छोरा र श्रीमति घरमा रहेका छन् । एक महिनाभन्दा बढी समय उपचारमा रहेका थलालको मृत्यु भएपछि उनीसंगैका साथीहरु शोकमा डुबेका छन् ।
(सगुन खबरबाट साभार)









Discussion about this post