कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा १० विकासबस्ती की अन्दाजी २८ वर्षीया तारा बिष्टको बिहीबार बिहान घाँस काट्न भनी नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर ज्यान गएको हो ।
नालामा घाँटीसम्म डुब्ने गरी पानी भरिएको बताइएको छ । मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ ।
(गोदावरी न्युजबाट साभार)









Discussion about this post