चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार ४९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार २६८ मत ल्याएका छन्। ३२ हजार ६१२ मतान्तर छ।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
हालसम्म आठ सय ७० मत बदर भएको छ। उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ। थाहा खबर बाट सभार









Discussion about this post