निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र चुनावी खर्च विवरण बुझाउन निर्देशन दिएको छ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी खर्च विवरण नबुझाउने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ। आयोगले खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फका ३७ र प्रदेश सभाका ३७ गरी ७४ उम्मेदवारको नाम सार्वजानिक गरेको हो।
निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहे पनि पटक–पटकको आग्रहलाई अटेर गरेको भन्दै आयोगले ७ दिने अल्टिमेटम दिएको हो।
‘तोकिएको समयभित्र किन निर्वाचन खर्च विवरण नबुझाएको?’ ‘विवरण नबुझाएमा ऐन बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ भन्ने प्रश्नको स्पष्टीकरण पनि पेश गर्न उनीहरूलाई आयोगले निर्देशन दिएको छ।
निर्वाचन खर्च विवरण नबुझाउनेमा धेरैजसो स्वतन्त्र र साना दलका उम्मेदवार छन्। थाहा खबर बाट सभार









Discussion about this post