सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फेरि चुनाव जितेर भावी पुस्ताको भविष्य जोगाउँछु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।

चितवन २ मा उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उनले यस्तो बताएका हुन्। सोमबार सभापति लामिछाने समर्थकसहित चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए। उनले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए।

तपाईंको कारणले दोस्रोपटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार प¥यो नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताए।

Mahakali Polytechnic

सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बनेका थिए। सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो। थाहा खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.