सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उपनिर्वाचनलाई उम्मेदवारी दर्ता आज

आउँदो वैशाख १० हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। यसका लागि निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मनोनयन दर्ताको अवधिमा विभिन्न १० कार्य नगर्न निर्देशन दिएको छ।

आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २० जना भन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ। उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डासहित जान नहुने आयोगले जनाएको छ।

यसैगरी, उम्मेदवारको मनोनयका समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।

गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो। अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds