सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम सरकारले क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने

आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो ।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूर्ण जित हासिल गरेको थियो ।नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई विशेष धन्यवाद दिदैं सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जानकारी दिएको छ ।

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.