सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला विश्वकप क्रिकेटको फाइनल आज

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको फाइनल आज हुँदै छ। उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल केप टाउनमा नेपाली समयअनुसार साँझ पौने सात बजे सुरु हुनेछ। घरेलु टोली दक्षिण अफ्रिका महिला र पुरुष क्रिकेटको कुनै पनि फरम्याटको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो।

साविक विजेता अस्ट्रेलिया भने सातौँ पटक टी ट्वान्टी विश्वकप फाइनल खेल्दैछ। त्यसमध्ये उसले पाँच उपाधि जितेको छ। अस्ट्रेलियाले सेमिफाइनलमा भारतलाई ५ रनले पराजित गरेको थियो। दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ६ रनले हराएको थियो।

अस्ट्रेलियाकी कप्तान मेग लेनिङले दुवै टिमलाई उत्तिकै दबाब हुने बताएकी छन्। दक्षिण अफ्रिकाकी कप्तान सेने लीले आफ्नो टिम इतिहास रच्न लालायित रहेको प्रतिक्रिया दिइन्।

Mahakali Polytechnic

जारी प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमने–सामने हुँदैछन्। यसअघि समूह चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो। थाहा खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.