सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा आज अपराह्नतिर हावाहुरी लाग्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
आज दिउँसो सुदूरपश्चिम सहित प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति प्रदेश प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भू(भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । गोदावरी न्युज बाट सभार









Discussion about this post