Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख २३, २०८३
चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको चुरे गाउँपालिकामा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई दक्ष बनाउने उद्देश्यले ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु भएको छ। चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको सभाध्यक्षतामा एक औपचारिक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। तालिममा चुरे गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका चारवटा सामुदायिक विपद् व्यवस्थापन समितिका ६–६ जना गरी कुल २४ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

सान परियोजनाका संयोजक देवराज बडुले ५ दिनसम्म सहभागीहरूलाई विपद्का समयमा आवश्यक पर्ने आधारभूत खोज तथा उद्धार, सामुदायिक नक्सांकन, सञ्चार र समुदाय परिचालनका बारेमा प्रयोगात्मक अभ्यास गराइने बताउनुभयो। उहाँका अनुसार तालिममा आगलागी, आपतकालीन अवस्था व्यवस्थापन, पानीजन्य आपतकालीन अवस्था र घाइतेको सुरक्षित उद्धार तथा स्थानान्तरण सम्बन्धी सीपमा सहभागीहरूलाई दक्ष बनाइनेछ।

यसैगरी, तालिममा महामारी परिचय, प्राथमिक उपचार, मनोसामाजिक सहयोग, मुटु तथा फोक्सो पुनर्जीवन प्रक्रिया (CPR), रक्तस्राव र चोटपटक व्यवस्थापन, तनाव व्यवस्थापन, जलन (Burn) व्यवस्थापन तथा विषाक्तता र जनावरको टोकाइ सम्बन्धी उपचारका बारेमा समेत विस्तृत व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामिछाने मगर र वडा नम्बर ५ का वडा अध्यक्ष वीर बहादुर धामी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले तालिममा सिकेका सीपहरूलाई गम्भीरतापूर्वक लिन र यसलाई आफ्नो समुदायको सुरक्षामा उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले चुरे क्षेत्रको भौगोलिक विकटता र विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय स्तरमै यस्तो दक्ष प्रतिकार्य टोली तयार हुनु गौरवको विषय भएको बताउनुभयो।

यसअघि सान परियोजना अन्तर्गत चुरे गाउँपालिका वडा नम्बर -३ र -६ अन्तर्गतका कालिका, पिपल चौतारा, शान्तिनगर र लेकबेसी सामुदायिक विपद् व्यवस्थापन समितिका ६–६ जना गरी कुल २४ जनालाई तालिम प्रदान गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश
फ्ल्यास हेडिङ

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध कार्यान्वयन गर्न सर्वोच्चको आदेश

अशोज १७, २०८३
भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीले उठाएको प्रश्न : जलवायु क्षतिपूर्ति र मानवअधिकार कसरी सुनिश्चित गर्ने ?

अशोज ११, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
फ्ल्यास हेडिङ

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

विश्वमा गरिबी बढ्दा नेपालमा घट्यो गरिबको सङ्ख्या र दर

अशोज २६, २०८३
मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत नागरिक उपचार सेवाबाट वञ्चित : डा. पौडेल

अशोज २६, २०८३
‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

‘दक्षिण एसिया उपनिवेशमा हुँदा पनि नेपाल स्वतन्त्र थियो, कूटनीति असफल छैन’

अशोज २६, २०८३
नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

नेपाल–भारत सम्बन्धबाट लाभ लिन कूटनीतिक पहल कमजोर भयो : सांसद ढुंगाना

अशोज २६, २०८३
प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

प्रधानमन्त्री साहको निर्देशन: दबाबमा नपरी निष्पक्ष काम गर्नुहोस्

अशोज २६, २०८३
एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

एकताबद्ध र जनमुखी कांग्रेस निर्माणमा जुट्ने महामन्त्री पौडेलको प्रतिबद्धता

अशोज २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व