सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्वनिर्धारित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ। पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि सबै कार्यक्रम स्थगित गरिएको बताइएको छ।

पार्टी महासचिव डा. मुकुल ढकालले माघ १४ गतेदेखि तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका कार्यक्रम स्थगित भएको जानकारी दिए।

’राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम मिति २०७९।१०।१४ देखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ। साथै पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन समेत हार्दिक अनुरोध गर्दछौं,’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.