Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका युवा धर्मराज जोशी : कोरियाबाट फर्केर धनगढीमा सय जनालाई दिए रोजगारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ९, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी– कञ्चनपुरको बेलडाँडीका–२ घर भएका युवा धर्मराज जोशी कोरिकाबाट फर्किएर धनगढीमा उद्योग सञ्चालन गरि सय जनालाई रोजगारी दिन सफल भएका छन् ।

दस बर्ष कोरियामा विताएका जोशिले उद्योग सञ्चालन गरि स्वदेशमै सय जनालाई रोजगारी समेत दिन सफल हुन । तर उनी सरकारबाट भने उपेक्षित छन् । सरकारले स्वदेशमै उद्योग सञ्चालन गर्न विभिन्न अनुदान दिने गरेता पनि उनलाई भने अनुदान त परको कुरा उत्पादन समेत लिन नसकेको युवा व्यवसायि जोशि बताउन छन् ।

उनले धनगढीमा विभिन्न उद्योग सहित हार्डवेयर सञ्चालन गर्दै आएका छन् । तर उनका उत्पादनलाई राज्यले स्थान दिएको भने कतै पाईदैन । यसरी स्वदेशमै केही गरौ भन्ने युवाको कामलाई थप प्रोत्साहान गर्न नसके पनि उत्पादित वस्तु तथा सेवा कमिसन नपाउने भनेर अन्यत्रबाट सरकारले किन्ने गरेको उनको भनाई छ ।

को हुन उद्योगी जोशी ? यस्तो छ, उनको भोगाई, भनाई र व्यवसायको शुरूवाती‘

सन् २०१० मा सरकारले औपचारिक रूपमा दक्षिण कोरिया पठाउन ईपीएस कोटा लागु गर्याे । त्यो कोटाले हजारौँ युवाहरूलाई कोरिया जान लालायित बनायो । ती हजारौँ युवाहरूमध्ये एक थिए, धर्मराज जोशी ।

त्यसअघि विदेश जाने कल्पना पनि गरेको थिएन । उनी साथी संस्थामा कार्यरत थिए । साथीले महिला बेचबिखन रोकथामका क्षेत्रमा काम गर्थ्यो । उनले त्यसमा दुई वर्ष काम गरे । निःशुल्क कोरिया जान पाइने र प्रति महिना एक लाख रुपैयाँ कमाई हुने सुनेपछि उनी कोरिया जान लालायित भएका थिए । त्यही लालसाले उनी कोरियन भाषा कक्षा पढ्न थाले । केही महिनापछि भाषा परीक्षा भयो । उनी त्यसमा पास भए । र, कोरिया पुगे ।

एउटा समय थियो । जति बेला उनको एउटै सपना थियो– घर बनाउने । त्यही सपना पछ्याउँदै उनी उनी कोरिया पुगेको थिए । १० वर्ष कोरिया बसेपछि उनको त्यो सपना फेरियो । भन्छन्, समयले सपना परिवर्तन गर्दो रहेछ । जुन सपनाले उनलाई कोरिया पु¥याएको थियो । त्यो सपना फेरिएपछि उनी २०२० मा स्वदेश फर्किए ।

१० वर्ष कोरिया बसेपछि मेरो सोच बदलियो र सपना पनि । अव कोरिया बसेर घर बनाउने सपना सकियो । घर कस्का लागि बनाउने सन्तानका लागि ? के त्यो घरले सन्तानको भविष्य बन्छ त ? उनले आफैलाई प्रश्न गरे ।
घरले छोराको भविष्य बन्दो रहेछन् । त्यसका लागि देश र समाज बन्नु पर्दो रहेछ । समाज बन्यो ।

मेरो छोराले उच्च शिक्षा यही पायो भने त मेरो छोराको भविष्य त त्यसै बन्छ । हामी नजुटी त यो समाज कहाँ बन्छ ? उनी आफू फर्केर आउनुको कारण खोल्छन् । कोरियाबाट फर्केपछि जोशीले धनगढी वाल पेपर तथा हाउस डेकोरेशनको व्यवसाय सुरु गरे ।
कोरियामा निकै चलेको व्यवसाय हो यो ।

सुरुवाती दिनमा यहाँ पनि निकै चल्यो । त्यसपछि उनले सहकारीमा हात हाले । कोरियामा बसेर फर्केकाहरूसँग छलफल गरे । फर्केकाहरू भेट्ने ठाउँ र माध्यम थिएन ।
कोरियाबाट फर्केका जोशीसँगै अन्य युवाहरूले सानोतिनो आर्थिक समस्या हुँदा गर्जो टार्ने एउटा संस्थाको आवश्यकता महशुस गरे । र, सबैको सोच मिल्यो । र, त्यो सोचले परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था जन्मायो ।

त्यसको केही समयपछि उनले पाँच जना साथीहरूसँग मिलेर उल्का गार्मेन्ट खोले । आफ्नै उत्पादन बजारमा ल्याउने सोचले उनले गार्मेन्ट उद्योग हात हाले । उल्का गार्मेन्टले जीन्स र अन्य फेन्सी कपडाहरू उत्पादन गर्दै आएको छ । उल्का गार्मेन्ट सञ्चालन गर्दा भोगेको नमिठो अनुभव छ ।

भन्छन्, ‘सामान्य रेडिमेड कपडा ल्याउन भन्सार लाग्दैन । तर हामीले ल्याउने सामानमा चर्को भन्सार शुल्क छ । हामीले भन्सार छल्दैनौ । राजस्व तिर्छौ । भन्सार तिरेर व्यवसाय गर्न यहाँ कठिन छ ।’

एक वर्षअघि उनले कोरियाबाट फर्केर आएका साथीहरूसँग मालिकार्जुन हार्डवेयर प्रा.लि खोले । जसको विभिन्न जिल्लाका सदरमुकामहरू शाखा कार्यालय समेत खोलिसकेका छन् ।उनको अगुवाइ र सहकार्यमा सञ्चालनमा आएका उद्योग, व्यवसाय तथा सहकारीमा समेत गरी सय जना भन्दा बढिले रोजगारी पाएका छन् ।

सपनाहरू पछ्याउँदै कोरिया पुगेका जोशी घर बनाउने सपना पुरा भएपछि स्वदेश फर्किए । अव उनको एउटा सपना छ, कोरियाबाट फर्केकाहरूलाई कुनै न कुनै व्यवसायमा यहाँ स्थापित गर्ने । त्यसका लागि उनी आफ्नै व्यवसायको शाखा र शेयर दिन तयार छन् । उनी भन्छन्, ‘फेरि फर्केर कोही विदेश जान नपरोस् । त्यसका लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’

सरकारबाट व्यवास्ता भएको गुनासो‘

उनी व्यवसाय तथा उद्योग सञ्चालन गर्दा सरकारी कर्मचारीबाट व्यहोर्नु पर्ने सास्ती र सरकारी निकायहरूको झन्झटिलो प्रक्रियाबाट व्यवसाय गर्न खोजेर निरुत्साहित हुने गरेको सुनाउँछन् । उनी भोगाई सुनाउँछन्, ‘सरकारी कर्मचारी हाजिर लगाएको तलब खान्छन् । काम गरे बापत कमिसन ।’

उनी सरकारले अनुदान पनि कमिसनमा बाँड्ने गरेको र काम नगर्नेहरूले अनुदान लिने गरेको आरोप लगाउँछन् ।बाहिरबाट आफ्नै देशमा उद्यम तथा स्वरोजगार मूलक कार्य गर्नेहरूलाई सहयोग गर्न सरकारसँग जोशीको आग्रह छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व