सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका युवा धर्मराज जोशी : कोरियाबाट फर्केर धनगढीमा सय जनालाई दिए रोजगारी

रमेश भट्ट , धनगढी

434
Sana Kishan

धनगढी– कञ्चनपुरको बेलडाँडीका–२ घर भएका युवा धर्मराज जोशी कोरिकाबाट फर्किएर धनगढीमा उद्योग सञ्चालन गरि सय जनालाई रोजगारी दिन सफल भएका छन् ।

दस बर्ष कोरियामा विताएका जोशिले उद्योग सञ्चालन गरि स्वदेशमै सय जनालाई रोजगारी समेत दिन सफल हुन । तर उनी सरकारबाट भने उपेक्षित छन् । सरकारले स्वदेशमै उद्योग सञ्चालन गर्न विभिन्न अनुदान दिने गरेता पनि उनलाई भने अनुदान त परको कुरा उत्पादन समेत लिन नसकेको युवा व्यवसायि जोशि बताउन छन् ।

Arus

उनले धनगढीमा विभिन्न उद्योग सहित हार्डवेयर सञ्चालन गर्दै आएका छन् । तर उनका उत्पादनलाई राज्यले स्थान दिएको भने कतै पाईदैन । यसरी स्वदेशमै केही गरौ भन्ने युवाको कामलाई थप प्रोत्साहान गर्न नसके पनि उत्पादित वस्तु तथा सेवा कमिसन नपाउने भनेर अन्यत्रबाट सरकारले किन्ने गरेको उनको भनाई छ ।

को हुन उद्योगी जोशी ? यस्तो छ, उनको भोगाई, भनाई र व्यवसायको शुरूवाती‘

सन् २०१० मा सरकारले औपचारिक रूपमा दक्षिण कोरिया पठाउन ईपीएस कोटा लागु गर्याे । त्यो कोटाले हजारौँ युवाहरूलाई कोरिया जान लालायित बनायो । ती हजारौँ युवाहरूमध्ये एक थिए, धर्मराज जोशी ।

त्यसअघि विदेश जाने कल्पना पनि गरेको थिएन । उनी साथी संस्थामा कार्यरत थिए । साथीले महिला बेचबिखन रोकथामका क्षेत्रमा काम गर्थ्यो । उनले त्यसमा दुई वर्ष काम गरे । निःशुल्क कोरिया जान पाइने र प्रति महिना एक लाख रुपैयाँ कमाई हुने सुनेपछि उनी कोरिया जान लालायित भएका थिए । त्यही लालसाले उनी कोरियन भाषा कक्षा पढ्न थाले । केही महिनापछि भाषा परीक्षा भयो । उनी त्यसमा पास भए । र, कोरिया पुगे ।

एउटा समय थियो । जति बेला उनको एउटै सपना थियो– घर बनाउने । त्यही सपना पछ्याउँदै उनी उनी कोरिया पुगेको थिए । १० वर्ष कोरिया बसेपछि उनको त्यो सपना फेरियो । भन्छन्, समयले सपना परिवर्तन गर्दो रहेछ । जुन सपनाले उनलाई कोरिया पु¥याएको थियो । त्यो सपना फेरिएपछि उनी २०२० मा स्वदेश फर्किए ।

१० वर्ष कोरिया बसेपछि मेरो सोच बदलियो र सपना पनि । अव कोरिया बसेर घर बनाउने सपना सकियो । घर कस्का लागि बनाउने सन्तानका लागि ? के त्यो घरले सन्तानको भविष्य बन्छ त ? उनले आफैलाई प्रश्न गरे ।
घरले छोराको भविष्य बन्दो रहेछन् । त्यसका लागि देश र समाज बन्नु पर्दो रहेछ । समाज बन्यो ।

Karnali Traders

मेरो छोराले उच्च शिक्षा यही पायो भने त मेरो छोराको भविष्य त त्यसै बन्छ । हामी नजुटी त यो समाज कहाँ बन्छ ? उनी आफू फर्केर आउनुको कारण खोल्छन् । कोरियाबाट फर्केपछि जोशीले धनगढी वाल पेपर तथा हाउस डेकोरेशनको व्यवसाय सुरु गरे ।
कोरियामा निकै चलेको व्यवसाय हो यो ।

सुरुवाती दिनमा यहाँ पनि निकै चल्यो । त्यसपछि उनले सहकारीमा हात हाले । कोरियामा बसेर फर्केकाहरूसँग छलफल गरे । फर्केकाहरू भेट्ने ठाउँ र माध्यम थिएन ।
कोरियाबाट फर्केका जोशीसँगै अन्य युवाहरूले सानोतिनो आर्थिक समस्या हुँदा गर्जो टार्ने एउटा संस्थाको आवश्यकता महशुस गरे । र, सबैको सोच मिल्यो । र, त्यो सोचले परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था जन्मायो ।

त्यसको केही समयपछि उनले पाँच जना साथीहरूसँग मिलेर उल्का गार्मेन्ट खोले । आफ्नै उत्पादन बजारमा ल्याउने सोचले उनले गार्मेन्ट उद्योग हात हाले । उल्का गार्मेन्टले जीन्स र अन्य फेन्सी कपडाहरू उत्पादन गर्दै आएको छ । उल्का गार्मेन्ट सञ्चालन गर्दा भोगेको नमिठो अनुभव छ ।

भन्छन्, ‘सामान्य रेडिमेड कपडा ल्याउन भन्सार लाग्दैन । तर हामीले ल्याउने सामानमा चर्को भन्सार शुल्क छ । हामीले भन्सार छल्दैनौ । राजस्व तिर्छौ । भन्सार तिरेर व्यवसाय गर्न यहाँ कठिन छ ।’

एक वर्षअघि उनले कोरियाबाट फर्केर आएका साथीहरूसँग मालिकार्जुन हार्डवेयर प्रा.लि खोले । जसको विभिन्न जिल्लाका सदरमुकामहरू शाखा कार्यालय समेत खोलिसकेका छन् ।उनको अगुवाइ र सहकार्यमा सञ्चालनमा आएका उद्योग, व्यवसाय तथा सहकारीमा समेत गरी सय जना भन्दा बढिले रोजगारी पाएका छन् ।

सपनाहरू पछ्याउँदै कोरिया पुगेका जोशी घर बनाउने सपना पुरा भएपछि स्वदेश फर्किए । अव उनको एउटा सपना छ, कोरियाबाट फर्केकाहरूलाई कुनै न कुनै व्यवसायमा यहाँ स्थापित गर्ने । त्यसका लागि उनी आफ्नै व्यवसायको शाखा र शेयर दिन तयार छन् । उनी भन्छन्, ‘फेरि फर्केर कोही विदेश जान नपरोस् । त्यसका लागि जस्तोसुकै सहयोग गर्न तयार छु ।’

सरकारबाट व्यवास्ता भएको गुनासो‘

उनी व्यवसाय तथा उद्योग सञ्चालन गर्दा सरकारी कर्मचारीबाट व्यहोर्नु पर्ने सास्ती र सरकारी निकायहरूको झन्झटिलो प्रक्रियाबाट व्यवसाय गर्न खोजेर निरुत्साहित हुने गरेको सुनाउँछन् । उनी भोगाई सुनाउँछन्, ‘सरकारी कर्मचारी हाजिर लगाएको तलब खान्छन् । काम गरे बापत कमिसन ।’

उनी सरकारले अनुदान पनि कमिसनमा बाँड्ने गरेको र काम नगर्नेहरूले अनुदान लिने गरेको आरोप लगाउँछन् ।बाहिरबाट आफ्नै देशमा उद्यम तथा स्वरोजगार मूलक कार्य गर्नेहरूलाई सहयोग गर्न सरकारसँग जोशीको आग्रह छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.