बैतडी- जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ९ की राधिका धामीले आफ्ना प्रेमी सिगास ६ का लोकेन्द्र धामीसँग गत भदौमा भागेर बिवाह गरिन् । भागी बिवाहको सम्बन्ध जेनतेन चलीरहेको थियो ।
यहि माघ १ गते लेकेन्द्रका परिवारले टिकाटालो गर्ने निधो गरे । उपयुक्त दिन रहेको भन्दै माघ १ गते दुबैलाई टिकाटालो गरिदिएका थिए । सम्बन्ध ठिकठाक चलीरहेका बेला टिकाटालो गरिएको भोलीपल्ट माघ २ गते राधिका दाउरा ल्याउन भन्दै जंगलतिर गएकी एक आफन्तले बताए ।
आफन्त तथा स्थानीयका अनुसार राती अबेरसम्म राधिका नफर्किएपछि खोजी गर्न थाले । प्रहरीलाई पनि जानकारी गराए । माघ ६ गते राधिका रुखमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।
शवको परिक्षणका लागि शवलाई डडेल्धुरा अस्पताल लगिएको छ । माइतिपक्षबाट समेत आफन्तलाई बालाएर शवको पोष्टमाटमको लागि डडेल्धुरा अस्पताल आफन्त लक्ष्मण साउँदले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(स्टार बुलेटिनबाट साभार)









Discussion about this post