Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बेदकोटमा ४ दशकदेखि एउटै व्यक्ति बडघर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। बेदकोट नगरपालिका–९ मा पर्ने लालपुरमा ४ दशकदेखि एउटै व्यक्ति बडघर बन्दै आएका छन। ५६ वर्षीय धीरेन्द्र डगौरा यस पटक पुनः बडघर छानिए।

बुवा छोटेलाल र जेठो बुवा देवीलालका पालादेखि बडघर उनकै परिवारमा छ। धीरेन्द्र पहिलो पटक १६ वर्षकै उमेरमा २०४० मा बडघर छानिएका थिए।

त्यतिबेला मन्दिरपुर, लालपुर, बसन्तपुरलगायत गाउँमा एउटै बडघर छानिन्थे। तीन बस्तीमा डेढ सयसम्म परिवार थिए। अहिले लालपुरमा ४६ परिवार मात्रै रहेका छन। तिनै ४६ परिवारका सदस्यको भेलाले धीरेन्द्रलाई सोमबार पुनःबडघर छानेको हो।

‘गाउँलेले फेरि मलाई नै जिम्मेवारी दिए,’ उनले भने, ‘बुवाका पालादेखि हाम्रै परिवारमा यो जिम्मेवारी परेको छ।’ उनीभन्दा अघि उनका बुबा छोटेलाल बडघर छानिएका थिए। उनी तत्कालीन सुडा गाउँ पञ्चायतका उपप्रधान पनि थिए। उनी दुई वर्ष बरघर छानिए।

त्यसअघि जेठो बुबाका छोरा परदेशीले पनि बडघर चलाए। जेठो बुवा देवीलालले पनि लामो समय बडघर चलाएको उनले बताए।

‘दुई पुस्तादेखि बडघर हाम्रै परिवारले चलाउँदै आएको छ,’ धीरेन्द्रकी बहिनी सीताले भनिन्, ‘ठूलो बुबा, दाइ र बुबा हुँदै अहिले दाइले नै बडघरको काम गरिरहनुभएको छ।’ उनी सानै छँदा पनि धीरेन्द्र नै बडघर थिए।

माघी सकिएपछि वर्षभरिका कामको लेखाजोखासँगै बडघर छान्ने गरिन्छ। समुदायमा बडघर छानेजस्तै घरपरिवारमा पनि मूली छानिन्छ। घरमा एक वर्षमा भएका कामको समीक्षासँगै आगामी कामको योजनासमेत बनाइन्छ। ‘पुरानै मूली बनाउने वा नयाँ मूली छान्ने काम माघीमै हुन्छ,’ भीमदत्त नगरपालिका १ राजीपुरका मानबहादुर चौधरीले भने, ‘घरमा मूली छानिन्छ भने गाउँटोलमा बडघर।’

माघी पर्व सकिएसँगै थारू समुदायमा बडघर तथा भलमन्सा छनोट सुरु भएको हो। माघीको दोस्रो दिन सोमबार थारू बस्तीमा सबै भेला भएर बडघर तथा भलमन्सा छान्न थालेका हुन।

गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बडघर छान्ने गरिन्छ। उनकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुन्छ।

‘माघी मनाएपछि बडघर छान्न सुरु भएको छ,’ थारू समुदायका अगुवा बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले भने, ‘धेरै टोलबस्तीमा सोमबारै बडघर छानिइसकेका छन।’

उनको टोल बेदकोट–७ को मन्दिरपुरमा प्रेमबहादुर डगौरा दोस्रो पटक बडघर छानिएका छन। उनको टोलमा ६२ परिवारको बसोबास छ। सोमबार बिहानै सबैको भेलाले प्रेमबहादुरलाई बडघर छान्ने निर्णय गरेको हो।

यसअघि दुई वर्ष लगातार सीता डगौरा बडघर भएकी थिइन्। थारू समुदायका अगुवा डगौराका अनुसार माघी सकिएको एक हप्तासम्म थारू बस्तीमा बडघर तथा भलमन्सा छान्ने चटारो हुन्छ। उनका अनुसार एक हप्तासम्म सबै गाउँटोलमा बडघर छनोट गरिसक्छन। –सीमारेखा

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व