Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सांसद महिन्द्र राय यादवले मागे छुट्टै संसदीय कार्यालय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले संघीय संसद सचिवालय छुट्टै कार्यकक्ष मागेका छन् । यादवले आफ्ना पिए सत्यप्रकाश यादवलाई कार्यकक्ष मिलाउनका लागि सचिवालय पठाएका थिए ।

संसद सचिवालयले विगतमा हेलो सरकार रहेको भवनमा २ कोठाको कार्यकक्ष दिएको थियो । माओवादीको चुनाव चिन्हबाट चुनाव लडेर निर्वाचित भएका उनले माओवादीको ह्विप मान्नुपर्ने भएपनि छुट्टै कार्यकक्ष लिएका हुन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमै यादव बस्नुपर्ने भएपनि छुट्टै कार्यकक्ष मागेपछि विगतको अभ्यास अनुसार कार्यकक्षको व्यवस्था गरिएको संसद सचिवालयका कर्मचारीले बताए ।

विगतमा सूर्य चिन्हबाट चुनाव जितेर सांसद भएका हृदयेश त्रिपाठीलाई पनि छुट्टै कार्यकक्ष दिएअनुसार यादवका लागि पनि छुट्टै कक्षको व्यवस्था गरिएको हो । त्रिपाठीले एमाले संसदीय दलको कार्यालयमा एक कोठा लिएर आफ्नो छुट्टै कक्ष बनाएका थिए । संसद सचिवालयमा अघिल्ला संसदीय चुनाव जितेका दलहरूलाई पहिलेकै कार्यालय दिइएको छ भने पहिलोपटक संसदमा प्रवेश गरेका नयाँ ४ दल र स्वतन्त्र सांसदहरूलाई छुट्टाछुट्टै नयाँ दलको कार्यालय व्यवस्था गरिएको छ ।

विगतमा डा.बाबुराम भट्टराई बसेको कार्यकक्ष स्वतन्त्र सांसद प्रभु साहले पाएका छन् भने स्वतन्त्र सांसदहरू योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरण साहका लागि पनि कार्यकक्ष व्यवस्था गरिएको छ । यद्यपि किरण साह एमाले प्रवेश गरिसकेका छन् । प्रतिनिधिसभामा १ सिट मात्र रहेका राजनीतिक दलहरू नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि कार्यकक्ष पाएका छन् । रातोपाटीबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व