महेन्द्रनगर– स्थानीय बजार अनुगमन समितिका लागि खाद्य अधिकार तथा बजार अनुगमन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय खाद्य अधिकार सञ्जाल भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा मंगलवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहकार्य फियान नेपाल र जिल्ल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले बजार केन्द्रीत अनुगमन संगै बजारमा पुग्ने खाद्यवस्तु उत्पादन स्रोतबाट नै अनुगमन थाल्नु पर्नेमा जोड दिएका छन् । गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश सिलालले उपभोक्तालाई जागरुक पार्नु पर्नेमा जोड दिए । दशैँ, तिहार तथा चाडवाड लक्षित बजार अनुगमनका साथै अनुगमनलाई निरन्तरता दिदै प्रत्येक महिना निरन्तर रुपमा अनुगमन हुनु पर्नेमा अन्य सहभागीले जोड दिए । बजार अनुगमनको प्रमुख जिम्मेवारी पाएको स्थानीय तहले उपभोक्तालाई जागरुक पार्दै अनुगमनलाई निरन्तरता दिनु पर्ने सहभागीको भनाइ छ ।
कालोबजारी गर्नु अपराध भएकाले यस बारे उपभोक्तलाई सचेत पार्नु पार्नेमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुडथापाले जोड दिए । स्थानीय खाद्य अधिकार सञ्जाल भीमदत्त नगरपालिकाका संयोजक प्रभुनिधी पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फियान नेपालका कानून तथा क्षमता विकास अभिवृद्धि अधिकृत मुकुन्द बहादुर रानाले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका तर्फबाट नरेन्द्रदेव भट्ट, भीम बहादुर महरा, गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश सिलाल, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुडथापा, उद्योग वाणिञ्ज संघका प्रतिनिधि, भगवती थापा, अमिर तिरुवा, प्रकाश नेगी लगायतको सहभागीता रहेको थियो ।