Friday, November 27, 2020

बजार अनुगमन समितिका लागि खाद्य अधिकार र अनुगमन सम्बन्धि अभिमुखिकरण

- Advertisement -

महेन्द्रनगर– स्थानीय बजार अनुगमन समितिका लागि खाद्य अधिकार तथा बजार अनुगमन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय खाद्य अधिकार सञ्जाल भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा मंगलवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहकार्य फियान नेपाल र जिल्ल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले गरेको थियो ।

कार्यक्रममा सहभागीहरुले बजार केन्द्रीत अनुगमन संगै बजारमा पुग्ने खाद्यवस्तु उत्पादन स्रोतबाट नै अनुगमन थाल्नु पर्नेमा जोड दिएका छन् । गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश सिलालले उपभोक्तालाई जागरुक पार्नु पर्नेमा जोड दिए । दशैँ, तिहार तथा चाडवाड लक्षित बजार अनुगमनका साथै अनुगमनलाई निरन्तरता दिदै प्रत्येक महिना निरन्तर रुपमा अनुगमन हुनु पर्नेमा अन्य सहभागीले जोड दिए । बजार अनुगमनको प्रमुख जिम्मेवारी पाएको स्थानीय तहले उपभोक्तालाई जागरुक पार्दै अनुगमनलाई निरन्तरता दिनु पर्ने सहभागीको भनाइ छ ।

कालोबजारी गर्नु अपराध भएकाले यस बारे उपभोक्तलाई सचेत पार्नु पार्नेमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुडथापाले जोड दिए । स्थानीय खाद्य अधिकार सञ्जाल भीमदत्त नगरपालिकाका संयोजक प्रभुनिधी पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फियान नेपालका कानून तथा क्षमता विकास अभिवृद्धि अधिकृत मुकुन्द बहादुर रानाले कार्यक्रमको सहजिकरण गरेका थिए ।


कार्यक्रममा भीमदत्त नगरपालिकाका तर्फबाट नरेन्द्रदेव भट्ट, भीम बहादुर महरा, गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश सिलाल, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुडथापा, उद्योग वाणिञ्ज संघका प्रतिनिधि, भगवती थापा, अमिर तिरुवा, प्रकाश नेगी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कति उमेरको हुनुभयो, कतै तपाईंलाई डाइबेटिज भएको त छैन ? यसरी...

मधुमेह अर्थात डाइबेटिज अहिले महामारीको रूपमा देखिनुका विभिन्न कारणहरू छन् । बढ्दो सहरीकरण, बसाइँ—सराइ, खानपिनमा लापरबाही, गुलियो, चिल्लो र फास्टफुडको बढी सेवन, सुविधासम्पन्न र...

चु’रोट से’वन गर्ने सा’थीको छेउमा कहिले नबस्नु। हुन्छ ख’तरनाक

चु’रोट से’वन गर्नेहरुले आफ्नो स्व’स्थ्यलाई मात्र ख’राब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत वि’षाक्त बनाइदिन्छन् । साथै उनीहरुले चु’रोट से’वन गरेर जुन धुँवा...

एक जना मृत अवस्थामा फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द पुर्व–पश्चिम महेन्द्रराजमार्गको सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो...

मृगौला सफाई कसरी गर्ने? थाहा पाउनुहोस घरेलु उपचार विधि (सेवानै ठूलो धर्म हो त्यसैले एक सेयर गरौं) मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् ।...

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र...

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको...

मंसिर ११ र १२ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’...

बिहीबार र शुक्रबार देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको...

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम...

सास गन्ध आएर हैरान हुनहुन्छ ? यसो गर्नुहोस् !

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया