Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गोपाल दयालको स्वरमा रहेको “मेरा बाबा” देउडा गित सार्बजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ८, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कंचनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा लाई गीत मार्फत व्यक्त गर्न खोजेका छन ।

बैतडीको तल्लो स्वराड साबिकको शर्माली गा बि स वडा नम्बर १ डिस्लानीमा २०२३ सालमा जन्मिएका उनका बुवा भानदेव कलौनी बुवा हरि दत्त कलौनी र आमा सीता पार्वती कलौनीका माइला छोरा हुन । पाँच दाजुभाइ र एक दिदी संगै हुर्केका उनी सानै उमेरमा परिवारको आर्थिक स्थिती कमजोर भएका कारण निम्नमाध्यमिक सम्मको शिक्षा गाउँमै रहेको श्री नागार्जुन माध्यमिक बिधालय बाट पूरा गरेका हुन । त्यस पछि कामको लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले झण्डै चालीस बर्ष अघी नेपाल विधुत प्राधिकरणमा जागिर सुरुवात गरेका गरेका थिए।

आफू जागिरमा लागेपछि परिवारको जिम्मेवारी लिदै आएका कलौनीको दश बर्ष डडेलधुराको बसाई पछि अछाम सरुवा भएका थिए । अछाम जिल्लाको कैलाश खोला जलविद्युत आयोजना ८ बर्ष बसाईको दौरानमा उनले हेराली अर्थात ज्योतिषी कार्य सुरु गरेका थिए । त्यस पछि त्यस क्षेत्रमा निक्कै भिडभाड हुने गर्थो । जिल्लाको मङ्गलसेन आक्रमण पछि कलौनीको सरुवा डोटि जिल्लाको दिपायलमा भएको थियो । त्यहाँ झन्डै ८ बर्षको बसाई तथा त्यस क्षेत्रमा त्यहाँका हजारौं मानिसले हेराली मार्फत सेवा लिएका थिए।

एका तिर हेराली र अर्को तर्फ जागीरले गर्दा सुदुरपश्चिम प्रदेशका डडेलधुरा , अछाम , डोटी , बैतडी , दार्चुला , कंचनपुर लगायतका जिल्लामा उनको बसाई रह्यो । विधुत प्राधिकरणमा जागिर तथा हेरालीका कारण कलौनी निकै चर्चित व्यक्ती थिए। २०७९ साल जेठ १८ गते बिहन १०:३० मिनेटमा यो संसारबाट सदाका लागी आफ्नो परिवार र यो समाज छोड्नु भएको उनको सम्झनामा उक्त गीत निर्माण गरिएको कलौनीका छोरा बताउँछन्। उक्त गीत नारायण दंगालले एरेन्ज गरेका थिए भने प्रेम दिप रामजालीले मिक्स / मास्टर गरेका हुन्।

को हुन प्रकाश कलौनी ?

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ०९ लालपुर बस्ने प्रकाश कलौनी बुवा स्व. भानदेव कलौनी र आमा श्रीमती कमला देवि कलौनीको कोख बाट जन्मिएका परिवारको जेठो छोरा हुन । सुदूरपश्चिमको कला, साहित्य, संस्कृति तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत सङ्गीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आफ्नो पहिचान बनाउन सफल एक युवा हुन् प्रकाश कलौनी ।

उनले हाल सम्म ‘गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत रचना गरी अपलोड गरी सकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केली, गौरा, डेउडा खेलहरू पनि आफ्नो च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व