सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भइ सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने छ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत् युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत् नगदमै भुक्तानी लिन सकिनेछ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा ३ सय ६५ दिन नै रियल टाइममा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।
सानिमा बैंकको रेमिट्यान्समार्फत् यूएई, मलेसिया, कतार, बेलायत, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post