Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ओठलाई कसरी जाडोमा मुलायम राख्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । बजारमा उपलब्ध यी सौन्दर्य सामग्रीमध्ये कुन बढी प्रभावकारी हुन्छ ? कसरी यसले ओठलाई मुलायम बनाइराख्छ ?

जाडोमा ओठको सुरक्षा

ओठको रङ व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । नरम एवं मुलायम र गुलाबी ओठलाई स्वस्थ अनि आकर्षक मानिन्छ ।

ओठको सौन्दर्यलाई जोगाइराख्न लिप बामको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा खासगरी बाइकमा यात्रा गर्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । ओठलाई खराब बनाउने धुम्रपान पनि हो । यी कुरामा ख्याल गरेर ओठलाई सुरक्षा गर्न सकिन्छ ।

लिप बामको प्रयोग

खासगरी जाडोको लागि भनेर बजारमा विभिन्न कम्पनीका लिप बाम ल्याउने गरिन्छ । तर कतिपय कमसल र केमिकलयुक्त हुने भएकाले त्यसले ओठको सौन्दर्यमा असर गर्न सक्छ । त्यसैले राम्रो ब्रान्डको ग्लिसिरिनयुक्त, मोइस्चराइजर बढी भएको लिप बाम प्रभावकारी हुन्छ । निभिया, लोटस ब्रान्डका लिप बाम राम्रो हुन्छ । सामान्यतः तीन सय रुपैयाँभन्दा माथिको लिप बाम स्तरीय हुन्छ ।

सनस्क्रिनयुक्त लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यतिबेला चर्को घामको असर छालामा जस्तै ओठमा पनि पर्न सक्छ । लिप बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लिप बाम लगाउनु जरुरी हुन्छ ।

लिपिस्टिकको छनोट

मोइस्चराइजरयुक्त लिपिस्टिकले ओठलाई मुलायम र राम्रो बनाउन मद्दत गर्छ । तर खाली म्याटको लिपिस्टिक मात्रै प्रयोग गर्न भने हुँदैन । यसले ओठलाई झन् कालो बनाउँछ । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

लिपिस्टिक लगाउनुअघि र पछि पनि लिप बाम लगाउनु आवश्यक छ । यसले ओठलाई फुट्न दिंदैन । ओठलाई मुलायम राख्न मद्दत गर्छ । लिपिस्टिक प्रयोग गर्दा क्रिम र मोइस्चरयुक्त भएको प्रयोग गर्नुपर्छ ।

ओठलाई मुलायम बनाउने घरेलु विधि

ओठलाई मुलायम बनाइराख्न हामीले महको प्रयोग ओठमा गर्न सक्छौं । यसले ओठलाई कालो हुन दिंदैन । नौनीले पनि ओठलाई राम्रो बनाउँछ । राति सुत्नुअघि लगाएर सुत्दा ओठलाई मुलायम बनाउँछ ।

बाहिरी प्रोडक्टले मात्र नभई ओठलाई स्वस्थ राख्न हामीले के खानेकुरा खाइरहेका छौं भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । त्यसैले ओठलाई मुलायम र स्वस्थ राख्न पर्याप्त पानी खाने, फलफूल बढी खाने गर्नुपर्छ ।

ओठ फुट्ने र कलेंटी पर्ने समस्या

चिसो हावा, सूर्यको किरणजस्ता वातावरणीय प्रभाव, गुणस्तरहीन लिप कलर प्रयोग गर्ने, पानी कम खाँदा ओठ फुट्ने, कलेंटी पर्नेजस्ता समस्या आउँछ । आफ्नो ओठ फुस्रो भएमा लगातार चाट्ने बानी गर्नु हुँदैन । किनभने यो प्रक्रियाले थप सुख्खापन आउन सक्छ ।

जाडोमा ओठको लागि घरेलु उपचार

घिउकुमारी ः घिउकुमारीले ओठलाई मुलायम र कोमल बनाइराख्न सहयोग गर्छ ।

मह ः महलाई एक अद्भूत मोइस्चराइजर भनिन्छ । जसमा फुटेको ओठको उपचार गर्न निको पार्ने र जीवाणु प्रतिरोधी गुण छन् । मह र ग्लिसिरिनको मिश्रण बनाएर ओठमा लगाएर रातभर छाड्नुपर्छ ।

गुलाब र दूध ः केही ताजा गुलाब लिने र तिनीहरूलाई केही घण्टाको लागि काँचो दूधमा डुबाउनुपर्छ । अब यो दूध दिनमा कम्तीमा दुईदेखि तीन पटक आफ्नो ओठमा लगाउँदा प्रभावकारी हुन्छ । दूध र गुलाबमा मोइस्चराइजिङ प्रभाव हुन्छ, जसले तपाईंको ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।

चिनी ः चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ । तिनीहरूलाई कोमल र नरम देखाउँछ । अलिकति मह लिएर यसमा चिनी मिसाएर स्क्रब गर्ने र आफ्नो ओठमा राम्रोसँग मसाज गर्नुपर्छ । यसलाई केहीबेर राख्ने, मनतातो पानीले धुने र त्यसपछि प्राकृतिक लिप बाम लगाउनु राम्रो हुन्छ ।

नरिवल तेल ः नरिवल तेल उत्तम प्राकृतिक मोइस्चराइजरमध्ये एक हो । नरिवलको तेलले आफ्नो ओठमा मसाज गरे ओठलाई सुरक्षा प्रदान गर्छ ।  अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व