Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सधैं तातो घिउ मात्रै खानुहोस् : चिसोले पाचन प्रणालीलाई हानी गर्छ, गाईको घिउ खाने कि भैंसीको ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो देशमा शुद्ध घिउबिना ​​खानाको परिकल्पना गर्न सकिँदैन । ब्रत–तीर्थमा घिउ हालेर खाना बनाइन्छ, भगवानको भोग तयार गर्न घिउ प्रयोग गरिन्छ । गर्भावस्थापछि घिउ खुवाइन्छ । कसैलाई कमजोरी भए पनि दालमा घ्यू मिसाएर पिउनु उपयुक्त हुन्छ ।

तरपनि घिउको नाम सुन्दा डराउने मानिसहरु छन् । तपाईंले प्रायः मानिसहरुले भनेको सुन्नुभएको होला – म घिउ खान्छु भनेर सोच्न पनि सक्दिन, घिउको बास्नाले नै पनि मेरो तौल बढ्न थाल्छ ।

आज हामी घिउ खाँदा साँच्चै तौल बढ्छ त भनेर जानकारी लिँदै छौँ । यसका साथै हामी कुन व्यक्तिले घिउ खानै हुँदैन भनेर पनि चर्चा गर्नेछौँ ।

सबैभन्दा पहिले के तपाईँलाई थाहा छ घिउ किन खानुपर्छ ?

– जोर्नीलाई लचिलो बनाउनका लागि

– कपाल झर्न रोक्नका लागि

– आँखाको ज्योति सही राख्नका लागि

– लिपिड लिपिड प्रोफाइल कायम राख्न

– ट्राइग्लिसराइड वृद्धि रोक्न

आयुर्वेदमा घिउको बारेमा के भनिएको छ ?

आयुर्वेदका अनुसार यसलाई दैनिक खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले खानेकुराको स्वाद मात्र बढाउँदैन यो शरीरका कोशिकाहरूको लागि पोषणको स्रोत हो ।

अर्कोतर्फ, भारतको स्टेडफास्ट न्युट्रिशनका संस्थापक अमन पुरीका अनुसार घिउ धेरै हिसाबले स्वस्थकर हुन्छ । यसले हड्डी बलियो र राम्रो बनाउँछ । मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ । मेटाबोलिक दरमा सुधार हुन्छ ।

यदि तपाईं घिउ खानुहुन्छ भने यी पाँच फाइदा पाउनुहुनेछ

– स्मरणशक्ति तेज

– आँखाका लागि राम्रो

– पाचनमा सुधार

– एन्टी एजिङ

– स्वस्थ छाला

प्रश्न – सामान्यतया मानिसहरूलाई लाग्छ कि घिउमा बोसो मात्र हुन्छ, यसबाहेक पनि घिउ खाँदा केही फाइदा हुन्छ भने बताइदिनुस् न ?

उत्तर – घिउमा राम्रो कोलेस्ट्रोल हुन्छ । यो हाम्रो शरीरको लागि आवश्यक छ । यसमा भिटामिन ए, डी, ई र के पनि हुन्छ, जसले शरीरलाई बलियो बनाउन मद्दत गर्छ । रक्तचाप र कोलेस्ट्रोलका बिरामीका लागि घिउ फाइदाजनक हुन्छ । यसले शरीरको मेटाबोलिजम बढाएर खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

घिउ खाने नियम पनि छन्, आयुर्वेदमार्फत् सिक्नुहोस् तरिका

पाचन प्रणालीका लागि

खाली पेटमा एक चम्चा घिउ कागतीको रससँग तातो पानीमा राखेर पिउनुहोस् । मेटाबोलिजममा सुधार हुन्छ । शरीरको टक्सिन निस्कन्छ ।

वात दोष, कफ र पित्त

– वात दोष भएकाहरुले घिउमा सिरे नुन मिसाएर खानुपर्छ ।

– पित्तको समस्या भएकाहरुले केही नमिसाई दिनदिनै घिउ खानुहोस् ।

– कफ बढ्दा घिउमा बेसार, कालो मरिच र ल्वाङ मिसाएर खानुहोस् ।

छालाको समस्या

– घिउमा मोइस्चुराइजर हुन्छ । छालालाई चम्किलो बनाउँछ । हाइड्रेट राख्छ ।

– सधैँ एक चम्चा घिउलाई नाइट क्रिमको रुपमा अनुहारमा लगाउनुहोस् ।

– हल्का हातले मसाज गर्नुहोस् र रातभरी छोड्नुहोस् ।

– बिहान सफा पानीले धुनुहोस्, छाला चम्किनेछ ।

प्रश्न – दिनहुँ घिउ खाँदा तौल बढ्दैन, यो कुरामा कत्तिको सत्यता छ ?

उत्तर – घिउ खाँदा तौल बढ्छ पनि र घट्छ पनि । तपाईंले यसलाई कसरी उपभोग गरिरहनुभएको छ त्यसमा भर पर्छ । घिउमा स्वस्थ बोसो हुन्छ । दैनिक २–३ चम्चा घिउ खाँदा तौल घटाउन मद्दत गर्छ । घिउमा ओमेगा ३ फ्याटी एसिड र ओमेगा सिक्स पाइन्छ जसले तौल घटाउन मद्दत गर्छ । घिउले शरीरमा रहेको बोसो कोशिकालाई जम्मा गरी जलाउँछ । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ । यसरी यसले तपाईंको शरीरको अतिरिक्त बोसोलाई ऊर्जामा परिवर्तन गर्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

घिउमा अत्यावश्यक एमिनो एसिड हुन्छ, जसले फ्याट कोशिकाको आकार घटाउँछ । त्यसैले यदि तपाईंको शरीरले छिट्टै बोसो जम्मा गर्छ भने घिउ खानु फाइदाजनक हुन्छ । यसबाहेक घिउमा पाइने ओमेगा थ्री फ्याटी एसिडले शरीरको बोसो घटाउन मद्दत गर्छ ।

प्रश्न – दिनमा कति घिउ खान सकिन्छ ?

उत्तर– आइसीएमआर अर्थात इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार सामान्य काम गर्ने मानिसले २५ ग्राम घिउ खान सक्छ । कडा परिश्रम गर्ने पुरुषले ४० ग्राम घिउ खान सक्छन् । त्यसैगरी सामान्य काम गर्ने महिलाले २० ग्राम घिउ खान सक्छिन्, मेहनत पर्ने काम गर्ने महिलाले ३० ग्राम घिउ खाएमा कुनै हानि हुँदैन । बच्चालाई दूध खुवाउने आमाले पनि ३० ग्रामसम्म घिउ खान पाउँछन् ।

प्रश्न– कस्ता मानिसहरूले घिउ खानु हुँदैन ?

उत्तर – तपाईंले खाइरहनुभएको खाना तपाईंको शरीर अनुसार हुनुपर्छ । जुन स्वस्थ खानेकुरा छन्, त्यो तपाईंको शरीरका लागि पनि स्वस्थ हुन्छन् नै भन्ने छैन । सही तरिकाले खाने हो भने घिउ सबैले खान सक्नुहुन्छ तर विशेष रोग लागेका व्यक्तिले यसलाई आफ्नो खानामा समावेश नगरेकै राम्रो । कस्ता व्यक्तिले खानु हुँदैन त ?

– अपचसम्बन्धि पुरानो समस्या छ भने

– ज्वरो आउँदा विशेषगरी मौसमी रोग लाग्दा

– उच्च कोलेस्ट्रोल हुँदा

– मोटो वा बढी तौल भएका व्यक्तिले

– लिभर सिरोसिस, हेपेटोमेगाली, हेपाटाइटिसका बिरामीले नखानुहोस्

प्रश्न –गाईको घिउ खानु स्वस्थकर हो कि भैंसीको घिउ ?

उत्तर – दुबै राम्रा छन् तर गाईको घिउ स्वास्थ्यका लागि बढी फाइदाजनक छ । गाईको घिउमा भिटामिन ए, भिटामिन डी र के, क्याल्सियम, मिनरल्स, पोटासियम र फस्फोरसका साथै एन्टिअक्सिडेन्ट पाइन्छ । यति मात्र होइन, गाईको घिउमा ओमेगा नाइन फ्याटी एसिड पनि हुन्छ ।

गाई र भैंसीको घिउको आफ्नै फाइदा छन्

गाईको घिउको फाइदा

– तौल घटाउन सहयोगी हुन्छ

– पेटको गर्मी शान्त हुन्छ

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

– माइग्रेन वा टाउको दुख्ने समस्याबाट राहत

– आँखाका लागि फाइदाजनक

भैंसीको घिउका फाइदा

– तौल बढाउन मद्दत गर्छ

– हड्डी र मांसपेशी बलियो हुन्छ

– मानसिक रोग निको पार्न मद्दत गर्छ

– हाइपर टेन्सन कम गर्छ

– यसले वात दोषलाई सन्तुलनमा राख्छ

प्रश्न – कतिपयले घ्यू तातो खानुपर्छ भन्छन्, त्यसो किन ?

उत्तर – यो बिल्कुल सही हो । घिउ सधैं तताएर खानुपर्छ । चिसो घिउ पाचन प्रणालीमा राम्ररी जान सक्दैन । त्यसैले यसलाई पचाउन गाह्रो हुन्छ । त्यसैले घिउलाई तातो तरकारी, दाल, पराठा, रोटी, आदिसँगै खानुपर्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

असार १४, २०८३
मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३
पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व