Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आयुर्वेद विशेषज्ञ भन्छन्– यी खानेकुरा राति नखाएकै बेस

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ मंसिर २०, मंगलवार १७:२१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्यका लागि कस्ता खानेकुरा लाभदायक हुन्छ ? यसको मोटामोटी जानकारी हामीलाई हुनसक्छ । तर सही खानेकुराको छनोट मात्र पर्याप्त हुँदैन । किनभने उक्त खानेकुरा कति र कुन समयमा खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ ।

कुनै पनि खानेकुराबाट त्यही बेला मात्र पूर्ण लाभ लिन सकिन्छ, जब त्यसलाई सही समयमा खाने गरिन्छ । आयुर्वेदले खानपानको शैली मात्र होइन समय पनि निर्धारण गरिदिएको छ ।

जस्तो, केरा स्वास्थ्यवर्द्धक फल हो । तर बिहान खाली पेटमा खाँदा यो हानिकारक हुन्छ । आँप, अंगुर, लिची पनि खाली पेटमा खाँदा विषाक्त हुन्छ । यसैगरी कतिपय खानेकुरा छन्, जो राति खानु उपयुक्त हुँदैन । खानपानको खासमा राति के कस्ता खानेकुरा वर्जित गरिएको छ ? आयुर्वेदले स्पष्ट पारेको छ । यसै सन्दर्भमा त्रिवि आयुर्वेद अस्पताल कीर्तिपुरका उपप्राध्यापक तथा आयुर्वेद विशेषज्ञ डा. निर्मल भुसालसँग खानपानको समय तालिकाबारे गरिएको कुराकानी ः

राति खानै नहुने खानेकुरा के के हुन् ?

रातको समयमा पचाउन गाह्रो हुने खानेकुरा नखाएको राम्रो हुन्छ । दही, केरा, मासु जस्ता पचाउन धेरै समय लाग्ने तथा पचाउन गाह्रो हुने खानेकुरा रातको समयमा नखानु उचित हुन्छ । तर यो खानेकुरा खानै हुँदैन भनेर तोकेर भन्न सकिंदैन ।

साथै रातको समयमा पेटभरि खाना पनि खानु हुँदैन । खाना खाँदा पेटको दुई तिहाइ भरिने गरी मात्रै खानुपर्छ ।

किन यसरी खानुहुँदैन ?

राति अलि हेभी खाना खानु स्वास्थ्यका हिसाबले अनुकूल मानिंदैन । जब हामी राति हेभी खाना खान्छौं र अबेर खाना खान्छौं भने खानेकुरा राम्ररी पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त ऊर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।

अपच हुने त छँदैछ, शरीरमा आवश्यकता भन्दा बढी क्यालोरी जम्मा हुन्छ । बोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहींबाट सुरु हुन्छ । तर रातमा काम गनेृ व्यक्तिले भने राम्रोसँग नै खाना खानुपर्छ । राति सजिलै नपच्ने चिल्लो, पिरो र मसालेदार खाना खानु राम्रो हुँदैन । खाना राम्ररी नपचेर निद्रा पनि बिथोल्न सक्छ ।

केरा र दही किन राति खान हुँदैन ?

रातको समयमा दही खाँदा शरीरमा तापमान र रक्तचापलाई असन्तुलित गर्छ । त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो हो । राति दही खाँदा रुघाखोकी लाग्ने सम्भावना पनि निकै बढ्छ । रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ ।

केरा पच्न एकदमै धेरै समय लाग्छ । रातको समयमा खानेकुरा खाने बित्तिकै आराम गरिने भएकोले रातको समयमा केरा पनि नखाएको राम्रो हो ।

रातिको खाना कुन समयमा खाइसक्नुपर्छ ?

आयुर्वेद अनुसार हेर्ने हो भने सूर्यास्त भन्दा पहिले नै रातको खाना खानुपर्छ भनिन्छ । हाम्रो पाचन अग्निलाई सूर्यको शक्तिसँग जोडिन्छ । सूर्यास्त भइसकेपछि पाचन प्रणाली अलि कमजोर हुने भएकाले सूर्यास्त हुनुअघि नै खाना खानु राम्रो मानिन्छ । तर अहिले व्यस्त जीवनशैलीले गर्दा त्यो सम्भव नहुन सक्छ । त्यसैले सुत्नु भन्दा दुई घण्टाअघि रातको खाना खाइसक्नुपर्छ । दुई घण्टाअघि खाना खाएपछि त्यो खानाले पच्ने समय पाउँछ ।

राति खानुपर्ने वा खान नहुने खानेकुरा के के हुन् ?

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि ऊर्जा दिन्छ । त्यसपछि क्रमशः खानेकुराको मात्रा घटाउनुपर्छ । रातिको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।

राति जाउलो, खिचडी, रोटी तरकारी जस्ता हल्का खानेकुरा खानु राम्रो हो । रातको समयमा सलाद खानु पनि राम्रो हो । तर ग्यास्ट्रिकको समस्या भएका तथा बाथरोगीहरूले भने मूला, गाजर, काँक्रो जस्ता खानेकुराले ग्यास भरिने र बाथको समस्या बढ्ने हुन्छ । त्यसैले कस्तो खाना खाने भन्ने कुरा पनि व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य समस्या अनुसार फरक पर्छ ।

राति मदिरा, मसालेदार खाना खाँदा के हुन्छ ?

राति मसालेदार खाना र रक्सी खाँदा पेटको समस्या बढ्ने गर्छ । मदिराले रक्तचाप घटाउने र शारीरिक तापलाई पनि घटाउने गर्छ । त्यो बेला चिल्लो मासु खाएको खण्डमा मुटुमा समस्या थपिन सक्छ ।

मदिरा, कोल्ड ड्रिंकसँग मासु, चिप्स जस्ता चिल्लो र मसालेदार खानेकुरा खाँदा उच्च रक्तचाप, मोटोपन, मधुमेह र कोलेस्टेरोल जस्ता समस्या देखिने जोखिम हुन्छ । सुमित्रा लुइटेलले अनलाइनखबरमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ मंसिर २०, मंगलवार १७:२१
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ मंसिर २०, मंगलवार १७:२१
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ मंसिर २०, मंगलवार १७:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ मंसिर २०, मंगलवार १७:२१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ मंसिर २०, मंगलवार १७:२१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ मंसिर २०, मंगलवार १७:२१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ मंसिर २०, मंगलवार १७:२१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ मंसिर २०, मंगलवार १७:२१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ मंसिर २०, मंगलवार १७:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व