Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जाडोमा शरीरलाई न्यानो बनाउन यी पाँच ड्राइफ्रुट्स खानुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १९, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ड्राई फ्रुट्सलाई ​​स्वस्थकर स्न्याक्सको रुपमा लिन सकिन्छ । विशेषगरी जाडो मौसममा ड्राइ फ्रुट्सको सेवन गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याबाट बच्न सकिन्छ । साथै, यो चिसोबाट राहत प्रदान गर्न प्रभावकारी छ । ड्राई फ्रुट्समा धेरै पोषक तत्वहरू पाइन्छ, जुन तपाईंको स्वास्थ्यको लागि सुपरफुड साबित हुन सक्छ । केही यस्ता ड्राई फ्रुट्स छन्, जसको प्रभाव तातो हुन्छ । जाडोमा तातो प्रभावका साथ यी ड्राई फ्रुट खाँदा चिसोबाट राहत पाउन पनि सकिन्छ । जाडोमा शरीरलाई न्यानो राख्न तातो प्रभाव पार्ने ड्राई फ्रुट्स के के हुन् यसबारे जानकारी लिऔँ ः

तातो प्रभाव भएका ड्राई फ्रुट्स

तातो प्रभाव भएका ड्राई फ्रुटको सेवन गर्दा चिसोबाट राहत पाउन सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ

जाडोमा ओखर खानुहोस्

जाडो मौसममा ओखर खानु पनि स्वस्थकर हुन्छ । यो ओमेगा–थ्री फ्याटी एसिडको प्रमुख स्रोत हो, जुन कपालका लागि उत्कृष्ट हुन्छ । विशेषगरी जाडोमा छाला र कपाल सुख्खा हुने समस्यालाई कम गर्न ओखर प्रभावकारी हुन्छ । यसबाहेक, ओखरले कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ र निद्रा बढाउँछ । शरीरलाई न्यानो राख्न चाहनुहुन्छ भने ओखर खानुहोस् ।

बदामले शरीरलाई न्यानो राख्छ

जाडोमा बदाम खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी विभिन्न खालका पोषक तत्व जस्तै – आवश्यक फ्याटी एसिड, फाइबर र प्रोटीन जस्ता धेरै पोषक तत्वहरूले भरपुर हुन्छन् । यसका साथै यसमा जिंक, भिटामिन ई र सेलेनियम पनि पाइन्छ, जुन तपाईंको स्वास्थ्यका लागि स्वस्थकर हुन्छ । जाडोमा रक्तसञ्चार सुधार गर्न चाहनुहुन्छ भने बदाम खानुहोस् । यो एक निकै ठूलो प्राकृतिक स्रोत हो । यस बाहेक बादामले फोक्सो र स्तन सम्बन्धी समस्यालाई पनि कम गर्छ ।

काजू

काजू जाडोको लागि उत्कृष्ट ड्राई फ्रुट हुनसक्छ । यसले तपाईंको शरीरमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, माइग्रेन जस्ता समस्याहरूलाई रोक्न मद्दत गर्दछ । यसबाहेक काजूको सेवनले शरीरको बढ्दो तौललाई नियन्त्रण गर्न सकिन्छ । यसबाहेक, काजू भिटामिन ईको धेरै राम्रो स्रोत हो, जसले एन्टी एजिङको रुपमासमेत काम गर्छ ।

अंजीरले शरीरलाई न्यानो बनाउँछ

जाडोमा शरीरलाई न्यानो राख्न अञ्जीरको सेवन गर्नुहोस् । अन्जीर भिटामिन ए, भिटामिन बी१, भिटामिन बी२, आइरन, म्यागनिज, सोडियम, क्याल्सियम, फस्फोरस र क्लोरीनजस्ता धेरै पोषक तत्वहरूको धेरै राम्रो स्रोत हो, जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ राख्न सक्छ । यसका साथै अन्जिरमा पोटासियम पनि प्रचुर मात्रामा पाइन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

जाडोमा पिस्ता खानुहोस्

जाडोको समस्या कम गर्न पिस्ताको सेवन गर्न सकिन्छ । यसमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, कपर र फस्फोरस जस्ता भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक पिस्तामा भिटामिन ई पनि हुन्छ, जसले तपाईंको छालालाई अल्ट्राभोयलेट किरणबाट बचाउन सक्छ । यसबाहेक जाडोमा पिस्ता खाएमा अन्य धेरै समस्याको सम्भावनालाई कम गर्न सकिन्छ ।

जाडोमा ओखरको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । यसले तपाईंको शरीरलाई न्यानो राख्न सक्छ। यस बाहेक यसबाट धेरै फाइदा लिन सकिन्छ । तर, जाडोमा तपाईंको समस्या बढ्दै गएको छ भने यस्तो अवस्थामा विज्ञसँग परामर्श लिएर खानपान परिवर्तन गर्नुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व