सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्द्रेणी कृषि सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

भोजराज पन्त

मंसिर १७ भोजराज पन्त, सुन्दरपुर : कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नं.९ मा रहेको ईन्दे्रणी कृषि सहकारी संस्था लि.को ११ आंै वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शिवराज भट्टको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुरपश्मि प्रदेशसभा सदश्य माननिय बहादुर सिंह थापा, विशिष्ठ अतिथि वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि वेदकोट नगरपालिकाका प्रमुख भोजराज वोहराले सहकारीहरुले गर्दा गाँउवस्तीमा कृषि सम्वन्धि कार्यगरी रहेका छन् । अव सहकारीहरुले परम्परागत रुपमा खेती गर्दै आइरहेका कृषि वालिहरुलाई समेत जगेर्ना गरी कृषि कार्यमा नयाँ थप उर्जाका साथ अगाडी वढ्ने छ भन्ने कुरामा पुर्णरुपले विश्वस्त रहेको वताए ।


कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुरपश्मि प्रदेशसभा सदश्य माननिय बहादुर सिंह थापाले हामि राजनितिक दलहरुले भन्ने गरेका किसानहरुकालागी मल उपलब्ध गराउछुु , विउ उपलब्ध गराउछुु ,कृषिमा आधुनिकरण गर्दछु भन्ने कुराहरु अहिले सम्म चुनावि नारमा मात्र सिमित रहेको वताउदै कृषिमा कुनै बिकास हुन नसकेको अवस्थामा अव वन्ने गठवन्धनको सरकारले किसानका उपरोक्त मुद्दाहरुलाई पुर्णरुपले सामाधान गर्नेकुरा वताउनु भयोे ।


सहकारीको साधारण सभामा सहकारीका नियमित .उत्कृष्ट वचत कार्ता , असल ऋणी, महिला सेयर सदस्यलाई सुत्केरी भत्ता, एस.ई.ई. परिक्षामा सामुदायीक विद्यालय श्री उदयदेव माध्यमिक विद्यालय सुन्दरपुरका उत्कृष्ठ छात्र, छात्रा दुई जनालाई नगद रकम सहित सम्मान गरीयो ।
उक्त कार्यक्रममा ६ करोड ९६ लाख ३९ हजार ८ सय १८ रुपैया वरावरको आयव्यय पारित गरिएको थियो । साथै चालु आर्थिक वर्षका लागी रु ११ करोड ३० लाख लाख ३६ हजार रुपैया बरावरको अनुमानित वजेट पारित गरियो ।

Mahakali Polytechnic


साधारण सभामा स्वागत मन्तव्य संस्थाका सचिव पदम सिंह कुवँरले गरेका थिए भने कार्यक्रम संञ्चालन सहकारी संस्थाका व्यस्थापक लक्ष्मि दत्त भट्टले गरेका थिए ।

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.