सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईन्द्रेणी कृषि सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाश भट्ट

कञ्चनपुर – वेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको ईन्द्रेणी कृषि सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उदयदेव माद्यमिक विद्यालयको प्राङगणमा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय बहादुर सिह थापाको प्रमुख आतिथ्य तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराको विशिष्ट आतिथ्यमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

Mahakali Polytechnic

संस्थाका अध्यक्ष शिवराज भट्टको अध्यक्ष्तामा सम्पन्न भएको उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक विष्ट अतिथि रहनु भएका थिए । कार्मयक्रममा स्वागत मन्तव्य संस्थाका सचिव पदम कुवरले राखेका थिए ।

World Link Ads

Sana Kishan

भने कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक लक्ष्मिदत्त भट्टले गरेका हुन्। कार्यक्रममा नियमित बचतकर्ता , संस्थाका सेयर सदस्य तथा समयमै कर्जा बुझाउने सदस्यलाई संम्मान तथा सुत्केरी भत्ता समेत वितरण गरिएको संस्थाका सचिव पदम कुवरले बताए।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी संस्थाका सेयर सदस्यको भव्य उपस्थिति रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.