Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १४, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, १४ मंसिर – ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा(कमै उमेर)मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल ३५ बर्षकै उमेरमा प्रदेश संसद बनेका हुन ।
सरल पहिलो पटककै प्रयासमा प्रदेश सभा सदस्यको संसदीय यात्रामा सफल भएका हुन । सरल निर्वाचन क्षेत्र २(क)बाट निर्वाचित भएका छन । यस जिल्लाबाट ३ प्रतिनिधी र ६ प्रदेश सभा सदस्यमा निर्वाचित मध्ये सबैभन्दा कम उमेरमै संसद बनेका सरल नै हुन । निर्वाचन आयोगको तथ्याङ्क अनुसार सरल भन्दा धेरै उमेर पुगेका नेता पनि निर्वाचित भएका छन ।
सबैभन्दा कम ३५ बर्षका सरल र सबैभन्दा बढि ६१ बर्षका बहादुर सिह थापा रहेको छन । थापा क्षेत्र २(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन । क्षेत्र १ प्रतिनिधी सभाबाट निर्वाचित तारालामा तामाङ्ग र १(क) बाट निर्वाचित बीर बहादुर थापा(पातल)को उमेर बराबरी ४९ बर्ष रहेको छ । क्षेत्र २ प्रतिनिधी सभा सदस्यमा निर्वाचित एनपी साउद र १
(ख)बाट निर्वाचित दिवान सिह विष्टको पनि उमेर बराबरी नै रहेको छ ।
साउद र विष्ट ६०÷६० बर्ष उमेरका छन । क्षेत्र ३ प्रतिनिधी सभा सदस्यमा निर्वाचित रमेश लेखक ५८, क्षेत्र ३(क) बाट निर्वाचित प्रकास बहादुर रावल ५४ र ३
(ख)बाट निर्वाचित बेल बहादुर राना ५९ बर्षका छन । युवा अवस्थामै उमेर भएका सरलप्रति नागरिकले समेत आशा अपेक्षा र भरोसा राखेका छन । कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित लेखक, साउद संघकै मन्त्री र थापा, विष्टलाई मुख्यमन्त्रीकै रुपमा हेरिएको छ । १३ बर्षकै उमेरदेखि राजनीतिमा होमिएका सरल युवा अवस्थामै ससद बन्न सफल भएका छन । उनको राजनीतिक जिवन यस्तो छन । आज भन्दा ठिक दुई दशक अर्थात २० बर्ष अघि तत्तकालिन माओवादीले व्यवस्था परिर्वतनका लागि थालेको जनयुद्धमा थिए । ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका युवा नेता (सरल) प्रदेश सभा सदस्यको बनेका छन ।
शारदा माध्यामिक विद्यालय कक्षा ९ मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए । अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका भाटसंग प्रत्यक्ष राजनीतिमा होमिएको २० बर्षे अनुभव छ ।
०५५ सालतिर तत्तकालिन रौतेलिविचुवा गाविस पटैया क्षेत्रबाट विस्थापित भाट परिवारको अहिलेसम्म पनि पुर्नस्थापना भएको छैन । भाट आरक्षपीडित पनि हुन ।
०६० सालतिर अखिल क्रान्तिकारीको १६ औँ जिल्ला सम्मेलनको तयारीमा रहेका भाट सहितका नेता कार्यकर्तालाई प्रहरीले ब्रम्हेदबदेखि हिरासतमा लिएपछि अखिल क्रान्तिकारीको सम्मेलनमा समेत सहभागि हुन पाएका थिएनन । ‘हामी शान्तिपुर्वक विद्यार्थी सम्मेलनको तयारीमा थिए, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सरलले भने, ‘उतिबेला वार्तापनि चलिरहेको थियो, सरकारी पक्षबाट पक्राउ गरी हिरासतमा राख्यो, आदरणीय अग्रज पत्रकार चित्राङ्ग थापा ज्यू सहितको रहोबरमा छाडियो ।’
त्यसपछि नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेबारीमा काम गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रभावको जिम्मा दिएको थियो । मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीविच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर चुनावमा होमिएका थिए ।
०६४ सालमा पाटी केन्द्रीय कार्यालयदेखि तत्तकालिन सुुप प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेबारी दिईएको थियो । ०६५ सालमा माओवादी केन्द्र पहिलो पटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए । अपिसैपाल मासिक पत्रिका प्रकासनको जिम्मेबारी पाएका भाटले ०६९ साल मा भेरी कर्णाली राज्य समिति कार्याय सचिव, हेटौडा महाधिवेशन पछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य, ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुप प्रमुख, हुँदै नेकपा हुँदा प्रदेश र अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेबारीमा छन । स्थानीयदेखि केन्द्रसम्म छुट्टै राजनीतिक पहुँच छवि बनाएका सरल भुकम्प, नाकाबन्दी, कोरोना महामारी साथै विभिन्न प्राकृतिक प्रकोपमा समाजिक सेवा कार्य गर्दै आएका भाटले आफ्नो निर्वाचन क्षेत्रमा युवा केन्द्रीत एजेण्डा अघि सारेका थिए । कोरोना महामारीका बेला कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा खाद्यान्न स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका थिए । रत्नमावि चतहरीका टुहुरा आर्थिक रुपमा विपन्न भएका बालबालिकाको अभिभावक समेत बनेका भाटले शिक्षा क्षेत्रलाई आधुनिकरणीकण गर्ने योजना अघि सारेका थिए । निर्वाचित भएपछि प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले क्षेत्रको दिगो विकास र सम्बृद्धिको एजेण्डा अघि सारेका छन । अहिले क्षेत्रका जनतासंग भेटघाटमा रहेका सरलले चुनावमा गरेका बाचा पुरा गर्नेदेखि विद्यमान समस्या समधानका लागि आफ्नो तहलबाट पालिका, प्रदेश र संघबाटै पहल गर्ने बचन दिईरहेका छन । अहिले प्रदेश सभा सदस्य निर्वाचित भएका सरलले जनताको अपेक्षा अनुरुप काम गरे भावि दिनमा क्षेत्र २ प्रतिनिधी सभा सदस्यकै रुपमा सम्भावित नेताका रुपमा समेत हेरिएको छ । तर, युवा सहित जनताको पक्षमा काम गरेर यस्तै गरी सफल हुने समेत आशा व्यक्त गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत
राजनीति

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व