Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मूला पाचन प्रणालीका लागि रामवाण नै हो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘ह्या मूला’ । कसैलाई हियाएर बोलाउनु परेमा हामी यसै भन्छौं । तर हाम्रो खाद्य भण्डारमा मूलाको विशिष्ट स्थान छ । पोषणविद्हरु भन्छन्, पाचन प्रणालीका लागि मूला रामवाण नै हो । त्यससँगै मूलाका अरु थुप्रै विशेषता छन् । जस्तो यसलाई काँचै खान सकिन्छ, पकाएर खान सकिन्छ, भण्डारण गरेर राख्न सकिन्छ ।

तपाईंले सलादको रुपमा मूला खान सक्नुहुन्छ । यसलाई तरकारी बनाएर खाए पनि गज्जब हुन्छ । मासु वा आलुमा मिसाउँदा उत्तिकै स्वादिलो हुन्छ । सिलौटोमा कुच्याएर सिलाम वा तिलको छोपसँग ताजा अचार बनाउँदा भयो । तेल, खुर्सानी मिसाएर बोत्तलमा राख्न सकियो । सिन्की बनाएर वर्षभर स्वाद फेर्न सकियो ।

पेट सफा राख्ने, कब्जियत हटाउने

मूलाको खास विशेषता भनेको यसले पेटलाई सफा राख्ने हो । सलादको रुपमा तपाईं नियमित मूला खानुहुन्छ भने तपाईंले आफ्नो पेट हल्का अनुभव गर्नुहुनेछ । त्यसैगरी नियमित मूला खाँदा पायल्स जस्ता मलद्वारसम्बन्धी समस्या पनि नहुने चिकित्सकहरुको भनाइ छ ।

मूला सजिलै पच्ने खानेकुरामा पर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले खानेकुरा सजिलै पचाउँछ । यसको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत र पायल्सको समस्या पनि कम गर्छ । मूलामा प्रशस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको आपूर्ति पूरा गर्छ ।

के पाइन्छ मूलामा ?

मूलाको मुख्य विशेषता भनेको यसमा भएको फाइबर, खनिज र भिटामिन हो । यसमा फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसँग काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पु¥याउँछ ।

मूलाको दैनिक सेवनले वजन घटाउने, मांसपेशी मजबुत बनाउने, कलेजो स्वस्थ राख्ने र रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

पेटदेखि छालासम्मलाई फाइदा

पाचन प्रणालीसम्बन्धी समस्यामा मूला एकदमै उपयोगी हुन्छ । साथै मधुमेहको समस्यामा मूला उपयोगी हुन्छ । मूलामा हुने फाइबरले रगतमा सुगरको मात्रा कम गर्ने काम पनि गर्छ । यसको दैनिक सेवनले मधुमेहलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

रातो मूलामा ‘कक्रोटिनोयड’ भन्ने तत्त्व पाइन्छ, यसमा भिटामिन सी पनि पाइन्छ । जसले छालालाई नरम बनाइराख्न सहयोग गर्छ । मूलामा विभिन्न खनिज पदार्थ हुन्छन्, जसले हाम्रो शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने खनिज पदार्थ पनि पूर्ति गर्छ ।

मूलालाई कस्तो रुपमा खान सकिन्छ ?

मूलाको मुख्य सिजन भएको अहिलेको जाडो सिजन हो । चिसो मौसममा अन्य सिजनभन्दा धेरै मात्रामा पाइने भए पनि आजभोलि प्रायः हरेक सिजनमा मूला पाइन्छ ।

मूलालाई मुख्यगरी सलाद, अचार र तरकारीको रूपमा खान सकिन्छ । यसलाई विभिन्न तरकारीमा मिसाएर पनि खान सकिन्छ ।

मूला काँचै खानु राम्रो हुन्छ । काँचै सलादको रूपमा खाँदा यसमा भएको प्राकृतिक गुण नष्ट हुँदैन । पकाएर खाँदा यसमा भएको फाइबरको मात्रा घट्छ । सिसीमा खाँदेर राखेको मूलाको अचार भन्दा तुरुन्त बनाएको अचार बढी लाभदायी हुन्छ ।

कस्तो स्थितिमा मूला खान हुँदैन ?

पेटमा ग्यास भरिने समस्या छ भने मूला नखानु उचित हुन्छ । मूलाको सिसीमा खाँदेर बनाइएको अचार ग्यास्ट्रिकको समस्या र पायल्सका बिरामीले खानु उचित हुँदैन । त्यस बाहेक अन्य सबै समस्यामा मूला खान मिल्छ । प्रायः सबै खानेकुरा कुनै न कुनै स्वास्थ्य समस्यामा खान मिल्दैन । तर मूला प्रायः बार्नु पर्दैन । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व